default_image

2 years ago

March 22, 2022

देव र आदिल पहिलो पटक नेपाली टोलीमा

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर देव खनाल र आक्रामक ब्याटर आदिल अन्सारी पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबार तीन दिनपछि घरेलु मैदानमा हुने पपुवा न्युगिनीसँग दुई ओडिआई र पपुवा न्युगिनी, मलेसिया र नेपालबीच हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने घोषणा टोलीमा दुई युवा खेलाडी पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका हुन् ।

लुम्बिनी प्रदेशका देव खनाल पपुवा न्युगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा परेका छन् । मदेश प्रदेशका विष्फोटक ब्याटर त्रिकोणात्मक टि२० आई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा छन् । नेपाली यू–१९ टोलीका कप्तान देव क्लास, ठूलो इनिङ र कभर ड्राइभका लागि चिनिन्छन् ।

देवले एक महिना अघि प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा ४ खेलमा २ अर्धशतक सहित १ सय ५८ रन बनाएका थिए । गण्डकीविरुद्ध उनले २६ बलमा १० चौका र १ छक्कासहित ५६ रनको इनिङ खेलेका थिए । त्रिभुवन आर्मीविरुद्ध ४३ रन र मदेश प्रदेशविरुद्ध ५४ रनको इनिङ खेलेका थिए । उनले प्रदेश २ विरुद्ध ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

गत वर्ष प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा पनि देवले उत्कृष्ट प्रदर्शन गरेका थिए । देवले गत डिसेम्बरमा यू–१९ एसिया कपमा नेपालको नतृत्व गरेका थिए । गत पुषमा लुम्बिनीलाई उपाधि जिताउन कप्तान देव खनालले ७ खेलमा ४ अर्धशतक सहित कुल ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे ।

सुदूरपश्चिमविरुद्ध १ सय ३२ बलमा ८ चौका र ३ छक्का सहित ९२ रन बनाएका थिए । बागमतीविरुद्ध देव ९९ बलमा ७ चौका र १ छक्का सहित ६७ रन जोडेका थिए । प्रदेश १ विरुद्ध २५ र प्रदेश २ विरुद्ध ६२ रनमा अविजित थिए । फाइनलमा सुदूरविरुद्ध ७० रनको योगदान दिए ।
आदिलले मदेश प्रदेशबाट विष्फोटक प्रदर्शन गर्दै आएका छन् ।

ठूला ठूला सट र मध्यगतिको बलिङको लागि चिनिन्छन् । आदिलले एपिएफविरुद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रनको इनिङ खेलेका थिए । गत डिसेम्बरमा यू–१९ एसिया कपमा कुवेतविरुद्ध ४९ रन जोडेका थिए । यू–१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य ४९.१ ओभरमा पूरा गर्न उनले विष्फोटक ब्याटिङ गरेका थिए । उनले ४३ बलमा ७ चौका र ६ छक्कासहित ८७ रनको विष्फोटक इनिङ खेलेका थिए ।

नेपालको ओडिआई टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की ।

नेपालको त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ (मार्च २५ नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ (मार्च २६) नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

दुबै ओडिआई बिहान ९ बजेदेखि सुरु हुनेछन् ।

टि२० त्रिकोणात्मक सिरिज

चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०

चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०

चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०

चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०

चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०

यो पनि : ज्ञानेन्द्र र विनोद राष्ट्रिय टोलीबाट बाहिर

देवको क्रिकेट जीवनी : आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.