default_image

2 years ago

March 24, 2022

पाकिस्तान र अष्ट्रेलियाबीचको खेल रोचक, स्मिथको विश्व कीर्तिमान

एजेन्सी – अष्ट्रेलिया र पाकिस्तानबीच तेस्रो तथा अन्तिम टेस्ट खेल रोचक बनेको छ । यस अघिका दुबै टेस्ट खेल उत्कृष्ट ब्याटिङका कारण ड्र हुँदा तेस्रो टेस्ट चौथो दिनको खेल सकिँदा रोचक अवस्थामा पुगेको छ । ३ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो इनिङमा २७ ओभरमा ७३ रन जोड्दा कुनै विकेट गुमाएको छैन । […]

89 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया र पाकिस्तानबीच तेस्रो तथा अन्तिम टेस्ट खेल रोचक बनेको छ । यस अघिका दुबै टेस्ट खेल उत्कृष्ट ब्याटिङका कारण ड्र हुँदा तेस्रो टेस्ट चौथो दिनको खेल सकिँदा रोचक अवस्थामा पुगेको छ ।

३ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो इनिङमा २७ ओभरमा ७३ रन जोड्दा कुनै विकेट गुमाएको छैन । पाकिस्तानलाई जित्न अन्तिम दिन २ सय ७८ रन बनाउनु पर्नेहुन्छ । तर पाँचौं दिनको पिच र अष्ट्रेलिया विश्व स्तरिय बलर सामु सहज भने हुने छैन । अष्ट्रेलिया खेल जित्न अन्तिम दिन १० विकेट लिनुपर्ने हुन्छ ।

पाकिस्तानका ओपनर इमाम उल हक ९३ बलमा ४ चौकासहित ४२ रनमा अविजित छन् । अब्दुल्लाह शफिक ६९ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा अविजित छन् । त्यसअघि अष्ट्रेलियाले २२७/३ को अवस्थामा दोस्रो इनिङ समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा १ सय २३ रनको अग्रता लिएको अष्ट्रेलियाले समग्रमा ३ सय ५० रनले अग्रता लिएको थियो ।

अष्ट्रेलिया ओपनर उस्मान खवाजा १ सय ७८ बलमा ८ चौकासहित १ सय ४ रनमा अविजित रहे । जन्मथलोविरुद्ध खवाजाको यो टेस्ट करिअरको १२ औं र पाकिस्तान भ्रमणमा दोस्रो शतक हो । ओपनर डेविड वार्नर ५१, मार्नस लाबुसेन ३६ र स्टिभ स्मिथ १७ रनमा आउट भए ।

स्मिथले योसँगै विश्व कीर्तिमान कायम गरेका छन् । स्मिथ टेस्टमा सर्वाधिक छिटो इनिङमा ८ हजार रन पूरा गर्ने ब्याटर बनेका छन् । स्मिथले यस सफलता १ सय ५१ इनिङमा पूरा गर्दै कीर्तिमान बनाएका हुन् । स्मिथ अघि श्रीलंका पूर्व कप्तान कुमार संगाकाराले १ सय ५२ इनिङ र भारतीय पूर्व कप्तान सचिन तेन्दुलकुरले १ सय ५४ इनिङमा ८ हजार रन पूरा गरेका थिए । हालसम्म टेस्टमा ३३ खेलाडीले ८ हजारमाथि रन बनाएका छन् ।

त्यसअघि पाकिस्तान पहिलो इनिङमा २ सय ६८ रनमा अल आउट भएको थियो । पाकिस्तान १ सय २३ रनले पहिलो इनिङमा पछि परेको छ । पाकिस्तानका युवा ओपनर अब्दुल्लाह शफिकले २ सय २८ बलमा ११ चौकासहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय २४८–३ को बलियो अवस्थामा रहेको पाकिस्तानले बाँकी २० रन जोड्न ७ विकेट गुमाउँदै १ सय २३ रनले पछि परेको थियो ।

स्टार्क र कमिन्सले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई सानदार पूनरागमन गराए । फवाद आलमलाई स्टार्कले १३ रनमा बोल्ड आउट गर्दा पाकिस्तान २४८–४ को अवस्थामा पुगेको थियो । त्यसपछि स्टार्कले रिजवानलाई १ रनमा बोल्ड आउट गरे । कमिन्सले साजिद खानलाई १ रनमा बोल्ड आउट गर्दा नौमान अलीलाई शून्यमा एलबीडब्लू धरापमा पारे ।

कमिन्सले हसन अली र स्टार्कले नसिम शाहलाई शून्यमा पेभेलिएनको बाटो देखाए । स्टार्कले बाबर आजमलाई ६७ रनमा एलबीडब्लू आउट गर्दै टोलीलाई बलियो अग्रता दिलाए । बाबरले १ सय ३१ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरे । ओपनर इमाम उल हक ११ र अजहर अली २ सय ८ बलमा ७ चौका र १ छक्कासहित ७८ रनमा आउट भए । दोस्रो विकेटका लागि शफिक र अजहर अलीले १ सय ५० रनको शतकीय साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले २४ ओभरमा ८ मेडनसहित ५६ रन खर्चेर ५ विकेट लिए । स्टार्कले २०.४ ओभरमा ६ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए ।त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङमा २ सय ९१ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलिया ओपनर उस्मान खवाजा २ सय १९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । खवाजा स्पिर साजिद खानको बलमा स्लिपमा बाबर आजमबाट क्याच आउट भएपछि लगातार दोस्रो शतक प्रहार गर्न ९ रनले चुकेका थिए । स्टिभ स्मिथ १ सय ६९ बलमा ६ चौकासहित ५९ रनमा आउट भए ।

स्मिथलाई तीव्र गतिका बलर नसिम शाहले एलबीडब्लू आउट गरे । पाकिस्तानलाई तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ओपनर डेविड वार्नरलाई ७ रनमा एलबीडब्लू र मार्नस लाबुसेनलाई शून्यमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर तेस्रो विकेटका लागि स्मिथ र खवाजाले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासे ।

ट्रविस हेडलाई नसिम साहले २६ रनमा क्याच गराए । तल्लोक्रमका क्यामरन ग्रिनले १ सय ६३ बलमा ९ चौकासहित ७९ रनको योगदान दिए । विकेटकिपर एलेक्स केरीले १ सय ५ बलमा ७ चौकासहित ६७ रन बनाए । छैटौं विकेटका लागि केरी र ग्रिनले १ सय ३५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र नसिम साहले ४-४ विकेट लिए । सुरुवाती दुई टेस्ट उत्कृष्ट ब्याट्रिङको साथ ड्र भएको थियो । त्यसैले यस खेल जित्ने टोलीले सिरिज पनि जित्नेछन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.