default_image

4 years ago

March 27, 2022

बेंगलोरमाथि पन्जाबको सानदार जित

195 views

0 Bookmark

एजेन्सी – पन्जाब किंग्सले सानदार ब्याटिङका साथ रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा विजयी सुरुवात गरेको छ ।

२ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा डेब्यू खेल खेलेका विकेटकिपर भानुका राजपक्षेले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रनको आक्रामक इनिङ खेले । डेब्यू खेलनै खेलेका वेस्टइन्डिजका युवा अलराउन्डर ओडेन स्मिथ ८ बलमा १ चौका र ३ छक्कासहित २५ रनमा अविजित रहँदै पन्जाबको जित पक्का गराए ।

शाहरुख खान २० बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे । छैटौं विकेटका लागि शाहरुख र स्मिथले २५ बलमा ५२ रनको आक्रामक साझेदारीका साथ जित सहज बनाए । शाहरुख खानले हर्षल पटेललाई चौका प्रहार गर्दै खेल सकाए । पन्जाबलाई ओपनर शिखर धवन र मयंक अग्रवालले ७.१ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।


अग्रवाल २४ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा क्याच भए । उनी स्पिनर वानिन्दु हसरंगाको बलमा शहबाज अहमदबाट क्याच हुन पुगेका थिए । धवन २९ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । लियाम लिभिङस्टोन १९ रन र डेब्यू खेल खेलेका यू१९ का अलराउन्डर राज बावा गोल्डेन डक आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।

त्यसअघि डिवाई पटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । बेंगलरका कप्तान फाफ डु प्लेसिसले ५७ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ८८ रनको इनिङ खेलेपनि जितको लागि पर्याप्त भएन ।

पहिलो पटक बेंगलोरको कप्तानी गरेका डु प्लेसिसले सुस्त गतिमा सुरुवात पनिपछि आक्रामक ब्याटिङ गरेका थिए । दीनेश कार्तिक १४ बलमा ३ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहँदै उत्कृष्ट अन्त्य गरे । विराट कोहली २९ बलमा १ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे । दोस्रो विकेटका लागि विराट र फाफ डु प्लेसिसले १ सय १८ रनको शतकीय साझेदारीका साथ विशाल योगफलमा पुर्याएका थिए ।

एक समय डु प्लेसिसले ३४ बलमा २३ मात्र बनाएका थिए । ११ ओभरपछि उनले खेल्ने गती बढाउँदै आक्रामक ब्याटिङ गरेका थिए । युवा तीव्र गतिका बलर अर्शदीप सिंहको बलमा शाहरुख खानबाट १८ औं ओभरको पहिलो बलमा क्याच भएपछि शतक बनाउन १२ रनले चुकेका थिए ।

बेंगलोरका ओपनर अनुज रावत २० बलमा २ चौका र १ छक्कासहित २१ रनमा राहुल चाहरको बलमा बोल्ड आउट भए । पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले १–१ विकेट लिए ।

बेंगलोरले आफ्नो दोस्रो खेल बुधबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । पन्जाबले दोस्रो खेल शुक्रबार कोलकातासँगनै खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.