default_image

2 years ago

March 28, 2022

रोहित टि२० आई टोलीमा थपिए

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ब्याटर रोहित पौडेल सोमबारदेखि सुरु हुने नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि२० आई सिरिजको लागि टोलीमा थपिएका छन् । सोमबार नेपालले पपुवा न्युगिनीसँग खेल्नुअघि रोहितलाई टि२० आई टोलीमा थपेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यसअघि रोहित ओडिआई टोलीमा मात्र थिए । पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका रोहितले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा पनि सानदार प्रदर्शन गरेका थिए । पहिलो खेलमा रोहितले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । जुन नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सर्वाधिक उच्च स्कोर हो ।

दोस्रो खेलमा ३४ रन जोडेका थिए । अघिल्लो साता आइसिसी विश्वकप लिग–२ मा रोहितले युएई भ्रमणमा उच्च प्रदर्शन गरेका थिए । युुएई भ्रमणमा रोहितले पपुवा न्युगिनीविरुद्ध ६०, युएईविरुद्ध ४६ र पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा ४४ रनको अविजित इनिङ खेलेका थिए । गत असोजमा ओमान भ्रमणमा पनि त्यतिनै सानदार प्रदर्शन गरेका थिए । रोहित मध्यक्रममा भरपर्दा ब्याटर हुन् । मध्यक्रम बलियो बनाउन रोहितलाई थपेको हो ।

रोहित २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्यस सँगपछि नेपालको टि२० आई टोलीमा भने छैनन् । रोहितले नेपालबाट ११ टि२० आई खेलमा ८० रन बनाएका छन् । उच्च प्रदर्शन १९ रनछ । आज पपुवा न्युगिनीविरुद्ध नेपालले रोहितलाई खेलाउने सम्भावना छ । रोहितले आज तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, रोहित पौडेल, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।

टि२० त्रिकोणात्मक सिरिज

चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०

चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०

चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०

चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०

चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०

पपुवा न्युगिनीविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

पपुवा न्युगिनीसँग बदला लिने सोचमा नेपाल

रोहितको सानदार शतकका बाबजुद नेपालको नाटकीय हार

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.