default_image

4 years ago

March 28, 2022

कप्तान राहुल रोयल डक आउट

156 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका कप्तान लोकेश राहुल (केएल) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सविरुद्ध रोयल डक आउट भएका छन् ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले पहिलो ओभरको पहिलो बलमै कप्तान लोकेश राहुललाई गुमाएको हो । गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीको बलमा राहुल एज लागेर विकेटकिपर म्याथ्यु वेडबाट क्याच भए ।

विकेटकिपर वेडको सल्लाहमा कप्तान हार्दिक पान्ड्याले रिभ्यु लिँदै राहुललाई रोयल डक आउट (इनिङको पहिलो बलमै) पेभेलिएन फर्काएका हुन् । यी दुबै आइपिएलमा टोली नयाँ टोली हुन् ।


लखनऊको प्लेइङ ११ : लोकेश राहुल (कप्तान), क्विन्टन डि कक (विकेटकिपर), एविन लेविस, मनिष पाण्डे, दीपक हुडा, क्रुनाल पान्ड्या, मोहसिन खान, आयुष बादोनी, दुश्मन्था चामिरा, रवि विश्रोई र आवेश खान ।

गुजरातको प्लेइङ ११ : सुभमन गिल, म्याथ्यु वेड (विकेटकिपर), विजय शंकर, अभिनम मनहोर, हार्दिक पान्ड्या (कप्तान), डेविड मिलर, राहुल टेवाटिया, राशिद खान, लोकी फर्गुसन, बरुन आरो र मोहम्मद शामी ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.