default_image

3 years ago

March 28, 2022

बदोनी र हुडाको अर्धशतका लखनऊको उत्कृष्ट पूनरागमन

176 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर आयुष बदोनी र अलराउन्डर दीपक हुडाको अर्धशतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सलाई १ सय ५९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

लखनऊको लागि दीपक हुडाले ४१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । डेब्यू खेल खेलेका २२ वर्षीय युवा स्टार आयुष बदोनीले ४१ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनको महत्वपूर्ण योगदान दिए । एक समय ४.३ ओभरमा २९–४ को कमजोर अवस्थामा पुगेको लखनऊलाई बदोनी र हुडाले ८७ रनको साझदोरी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए ।

गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीले पहिलो ओभरको पहिलो बलमै कप्तान लोकेश राहुललाई विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराए । वेडको सल्लाहमा कप्तान हार्दिक पान्ड्याले रिभ्यु लिँदै राहुललाई पेभेलिएन फर्काए । शामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर क्विन्टन डि ककलाई ७ रनमा बोल्ड गरे ।

अर्को ओभरमा बरुण आरोनको बलमा ठूलो सट खेलेका एविन लेविस स्क्वायर लेगमा सुभमन गिलले एक उत्कृष्ट क्याच लिएपछि १० रनमा पेभेलिएन फर्किनु पर्यो । शामीले नै मनिष पाण्डेलाई ६ रनमा बोल्ड गर्दा लखनऊ २९–४ को अवस्थामा पुगेको थियो । त्यसपछि दीपक हुडा र आयुष बदोनीको साझेदारीमा लखऊ खेलमा फर्किएको थियो ।

यी दुईको साझेदारी स्पिनर राशिद खानले १६ औं ओभरको चौथो बलमा दीपक हुडालाई एलबीडब्लू आउट गर्दै गरेका थिए । गुजरातले रिभ्यु लिँदै आउट गरेको थियो । क्रुनाल पान्ड्या १३ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे ।

गुजरातका मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । बरुण आरोनले २ र राशिद खानले १ विकेटलिए ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 12, 2024

लारा भोलि नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल‌ आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]

December 12, 2024

यू १९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]

Success

Thank you for your time.