4 years ago
March 29, 2022
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोमान्चक विजयी सुरुवात गरेको छ । गुजरातले लखनऊ सुपर जायन्ट्सलाई ५ विकेटले हराउँदै डेब्यू खेलमा विजयी सुरुवात गरेको हो ।

१ सय ५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा राहुल टेवाटियाले २४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४० रनको अविजित इनिङ खेले । अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो । आवेश खानलाई पहिलो र दोस्रो बलमा अविनभ मनोहरले लगातार दुई चौका प्रहार गर्दै खेल जित नजिक पुर्याएका थिए । उनले तेस्रो बलमा एक रन लिँदा चौथो बलमा टेवाटियाले चौका प्रहार गर्दै जित पक्का गराएका थिए ।
ओपनर सुभमन गिल शून्य र म्याथ्यु वेड २९ बलमा ४ चौकासहित ३० रनमा आउट भए । विजय शंकर ४, हार्दिक पान्ड्या ३३ र डेविड मिलेर ३० रनमा आउट भए । हार्दिक दाइ क्रुनाल पान्ड्याको बलमा मनिष पाण्डेबाट क्याच हुनुअघि २८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । लखनऊका दुश्मन्था चामिराले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आवेश खान, क्रुनाल पान्ड्या र दीपक हुडाले १-१ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । लखनऊको लागि दीपक हुडाले ४१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । डेब्यू खेल खेलेका २२ वर्षीय युवा स्टार आयुष बदोनीले ४१ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनको महत्वपूर्ण योगदान दिए ।

एक समय ४.३ ओभरमा २९–४ को कमजोर अवस्थामा पुगेको लखनऊलाई बदोनी र हुडाले ८७ रनको साझदोरी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए ।
गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीले पहिलो ओभरको पहिलो बलमै कप्तान लोकेश राहुललाई विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराए । वेडको सल्लाहमा कप्तान हार्दिक पान्ड्याले रिभ्यु लिँदै राहुललाई पेभेलिएन फर्काए । शामीले तेस्रो ओभरको तेस्रो बलमा ओपनर क्विन्टन डि ककलाई ७ रनमा बोल्ड गरे ।
अर्को ओभरमा बरुण आरोनको बलमा ठूलो सट खेलेका एविन लेविस स्क्वायर लेगमा सुभमन गिलले एक उत्कृष्ट क्याच लिएपछि १० रनमा पेभेलिएन फर्किनु पर्यो । शामीले नै मनिष पाण्डेलाई ६ रनमा बोल्ड गर्दा लखनऊ २९–४ को अवस्थामा पुगेको थियो । त्यसपछि दीपक हुडा र आयुष बदोनीको साझेदारीमा लखऊ खेलमा फर्किएको थियो ।
यी दुईको साझेदारी स्पिनर राशिद खानले १६ औं ओभरको चौथो बलमा दीपक हुडालाई एलबीडब्लू आउट गर्दै गरेका थिए । गुजरातले रिभ्यु लिँदै आउट गरेको थियो । क्रुनाल पान्ड्या १३ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे ।
गुजरातका मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । बरुण आरोनले २ र राशिद खानले १ विकेटलिए । लखनऊले अव बिहीबार चेन्नई सुपर किंग्ससँँग खेल्नेछ । गुजरातले शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । आझ राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]