default_image

3 years ago

March 29, 2022

नेदरल्यान्ड्समाथि न्युजिल्यान्डको सहज जित

120 views

0 Bookmark

एजेन्सी – विल योंगको शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको छ ।
२ सय ३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डको जितमा विल योंगले १ सय १४ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ३ रनको अविजित इनिङ खेले । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । मार्टिन गुप्टिल २, रस टेलर ११ रनमा आउट भए । कप्तान टम लाथम ८ रनमा अविजित रहे । हेनरी निकोलस ७९ बलमा ३ चौका र १ छक्कासहित ५७ रनको योगदान दिए । नेदरल्यान्ड्सका माइकल रिप्पनले २ र लोेगन भान बीक १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्स ४९.४ ओभरमा २ सय २ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका लागि माइकल रिप्पनले ९७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कप्तान पिटर सिलार ७५ बलमा ३ चौकासहित ४३ रन जोडे । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डका लागि डेब्यू खेल खेलेका ब्लेयर टिकनरले १० ओभरमा ५० रन खर्चेर ४ विकेट लिए । काइल जेमिसनले ९.४ ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए । म्याट हेनरी र कोलिन डि ग्रान्डहोमको नाममा १–१ विकेट रह्यो ।

आइसिसी विश्वकप सुपर लिग अन्तर्गत नेदरल्यान्ड्स तीन ओडिआई सिरिजको लागि न्युजिल्यान्ड भ्रमण गरेको हो । दोस्रो खेल शनिबार हुनेछ । सुपर लिगमा नेदरल्यान्ड्सले सबै टेस्ट टोलीसबैसँग सिरिज खेल्नेछ । शीर्ष ८ मा रहन सके २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपमा सिधैं छनोट हुनेछ । अन्यथा ग्लोबल छनोट खेल्नुपर्ने हुन्छ ।

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]

December 12, 2024

पोखरासँग विराटनगर सुपर ओभरमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]

Success

Thank you for your time.