3 years ago
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआईतर्फको विश्व वरियतामा खस्किएको छ । घरेलु मैदान टियुमा पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलको सिरिजमा क्लिनस्विप हार बेहोरेपछि नेपाल नयाँ वरियतामा खस्किदै १८ औ स्थानमा पुगेको छ ।
मंगलबार आइसिसीले सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल दुई खस्किदै १६ औं स्थानबाट १८ औं स्थानमा पुगेको छ । ओडिआई मान्यता प्राप्त देशमा अव नेपालपछि अमेरिका १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । १६ औं स्थानमा ओमान र १७ औं स्थानमा नामिबिया छन् । स्कटल्यान्ड १२ औैं स्थानमा छन् । टेस्ट टोली जिम्बावे १३ औं, नेदरल्यान्ड्स १४ औं र युएई १५ औं स्थानमा छ ।
न्युजिल्यान्ड शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा छन् । श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान १० औं स्थानमा छन् । आयरल्यान्ड ११ औं स्थानमा छ । नेपाल टि२० आई वरियतामा भने १३ औं यथा स्थानमा छ ।
नेपालले यसै साता पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । दुई साताअघि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग दुबै खेलमा पराजित भएको थियो । नेपाल युएईसँग ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले विजयी भएको थियो । पछिल्ला ६ मध्य चार खेलमा पराजित भएपछि वरियता पनि खस्किएको हो ।
नेपाल हाल टियु मैदानमा पपुवा न्युगिनी र मलेसियासँग टि२० आई त्रिकोणात्मक सिरिज व्यस्त छ । दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।