4 years ago
March 29, 2022
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो पहिलो खेलमा सानदार ब्याटिङका साथ सनराइजर्स हैदराबादलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनायो । राजस्थानका कप्तान सन्जु स्यामसनले २७ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । देवदत्त पाडिक्कल २९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा उमरन मलिकको बलमा बोल्ड आउट भए ।
ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ६.१ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । जैशवाल रोमारियो शेफर्डको बलमा एडेन माक्ररमबाट २० रनमा क्याच आउट भए । जैसवालले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । उमरन मलिकको बलमा बटलर कट बिहाइन्ड ३५ रनमा विकेटकिपर निकोलस पुरनबाट समातिए ।

आक्रामक सुरुवात दिलाएका बटलरले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान केन विलियम्सनको रिभ्युमा बटलर आउट भएका थिए । त्यसअघि बटलरले शून्यमै जीवनदान पाएका थिए । भुवनेश्वर कुमारको पहिलो ओभरको पाँचौं बलमा खाता नखोली फष्ट स्लिपमा आउट साइट एज लागेर अब्दुल सामदबाट क्याच भएका थिए । पेभेलिएन फर्कि सकेका बटलर नो बलका कारण जीवनदान पाएका थिए ।
तल्लोक्रममा शिम्रन हेटमारले १३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको आक्रामक इनिङ खेले । उनी टि नटराजनको बलमा बोल्ड आउट भए । रियान पराग १२ रनमा आउट भए । हैदराबादका उमरन मलिकले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।
भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १-१ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]