4 years ago
March 29, 2022
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको हो ।

२ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । हैदराबादका लागि एडेन माक्ररमले ४१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५७ रनको अविजित इनिङ खेले । अलराउन्डर वासिन्टन सुन्दरले १४ बलमा ५ चौका र २ छक्कासहित ४० रनको आक्रामक इनिङ खेलेपनि जितको लागि पर्याप्त भएन । सातौं विकेटका लागि सुन्दर र माक्ररमले १९ बलमा ५५ रनको विष्फोटक साझेदारी गरेका थिए ।
हैदराबादको शीर्ष चार ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । ओपनर तथा कप्तान केन विलियम्सन दोस्रो ओभरको चौथो बलमा २ रनमा क्याच भए । तीव्र गतिका बलर प्रसिद्ध कृष्णको बलमा विलियम्सन फष्ट स्लिपमा देवदत्त पाडिक्कलबाट समातिन पुगे । कृष्णले राहुल त्रिपाठ्ठीलाई शून्यमा विकेटकिपर सन्जु स्यामसनबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए ।

९ बल खेलेका विकेटकिपर निकोलस पुरन ट्रेन्ट बोल्टको बलमा शून्यमा एलबीडब्लू आउट भएपछि हैदराबाद सुरुवातमै समस्यामा परेको थियो । ओपनर अभिषेक शर्मा १९ बलमा १ चौकासहित ९ रनमा स्पिनर युजभेन्द्र चहलको बलमा शिम्रन हेटमायरबाट क्याच आउट भए ।
अब्दुल सामद ४ र रोमारियो शेफर्ड २४ रनमा आउट हुन पुगे । यी दुबैलाई खेलाडीलाई चहलले पेभेलिएन फर्काएका थिए । शेफर्डले १८ बलमा २ छक्का प्रहार गरे ।
राजस्थानका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । राजस्थानका कप्तान सन्जु स्यामसनले २७ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । देवदत्त पाडिक्कल २९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा उमरन मलिकको बलमा बोल्ड आउट भए ।

ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ६।१ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । जैशवाल रोमारियो शेफर्डको बलमा एडेन माक्ररमबाट २० रनमा क्याच आउट भए । जैसवालले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । उमरन मलिकको बलमा बटलर कट बिहाइन्ड ३५ रनमा विकेटकिपर निकोलस पुरनबाट समातिए ।
आक्रामक सुरुवात दिलाएका बटलरले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान केन विलियम्सनको रिभ्युमा बटलर आउट भएका थिए । त्यसअघि बटलरले शून्यमै जीवनदान पाएका थिए । भुवनेश्वर कुमारको पहिलो ओभरको पाँचौं बलमा खाता नखोली फष्ट स्लिपमा आउट साइट एज लागेर अब्दुल सामदबाट क्याच भएका थिए । पेभेलिएन फर्कि सकेका बटलर नो बलका कारण जीवनदान पाएका थिए ।

तल्लोक्रममा शिम्रन हेटमारले १३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको आक्रामक इनिङ खेले । उनी टि नटराजनको बलमा बोल्ड आउट भए । रियान पराग १२ रनमा आउट भए । हैदराबादका उमरन मलिकले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १-१ विकेट लिए । राजस्थानले अव शनिबार मुम्बई इन्डियन्ससँग खेल्नेछ । हैदराबादले सोमबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]