default_image

2 years ago

March 30, 2022

दीलिप नाथको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ब्याटर दीलिप नाथले नेपाली टि२० आईमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियाविरुद्ध खेल्नुअघि नेपालले दीलिपलाई टि२० आईको डेब्यू दिएको हो । टस केहि समयमा हुँदैछ । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ब्याटर दीलिप नाथले नेपाली टि२० आईमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियाविरुद्ध खेल्नुअघि नेपालले दीलिपलाई टि२० आईको डेब्यू दिएको हो ।

Dilip Nath

टस केहि समयमा हुँदैछ । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो ।

दीलिप नाथले २०१७ मा युएईविरुद्ध नेपाली सियिनर टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनी २०१८ को एकदिवसिय विश्वकप छनोटमा जिम्बावे भ्रमणमा नेपाली टोलीमा थिए । उनले त्यसै भ्रमणमा उनले स्कटल्यान्डविरुद्ध नेपालबाट अन्तिम खेल खेलेका थिए । उनले ९ लिष्ट ए खेलमा ९७ रन बनाएका छन् ।

दीलिप नाथ बायाँ हाते ब्याटर हुँदा रणनीतिक हिसाबमा थप फाइदा हुनेछ । दीलिपले पछिल्लो समय घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । सिनियर टोलीमा ओपनरको रुपमा खेलेपनि उनले घरेलु क्रिकेटमा तल्लोक्रममा खेल्दै आएका छन् । एभरेष्ट प्रिमियर लिग(इपिएल) मा चितवन टाइगर्सलाई च्याम्पियन बनाउन उनले तल्लोक्रममा राम्रो प्रदर्शन गरेका थिए । नेपाल पुलिस क्लबबाट पनि राम्रो खेल खेलेका थिए ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.