default_image

2 years ago

March 30, 2022

वेस्टइन्डिजमाथि सानदार जित निकाल्दै अष्ट्रेलिया फाइनलमा

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको पहिलो सेमिफाइनलमा वेस्टइन्डिजलाई १ सय ५७ रनले हराउँदै फाइनलमा पुगेको छ । अष्ट्रेलिया अपराजित यात्राका साथ फाइनलमा पुगेको हो । ३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । वेस्टइन्डिजकी […]

110 views

0 Bookmark

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको पहिलो सेमिफाइनलमा वेस्टइन्डिजलाई १ सय ५७ रनले हराउँदै फाइनलमा पुगेको छ । अष्ट्रेलिया अपराजित यात्राका साथ फाइनलमा पुगेको हो ।

३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । वेस्टइन्डिजकी कप्तान सफाली टेलरले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४८ रन बनाइन् । ओपनर हेली म्याथ्युज र डिएंड्रा डोटिनले ३४-३४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाकी जेस जोनसेनले ५ ओभरमा १४ रन खर्चेर सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि बेसिन रिजर्व वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ५ रन बनाएको थियो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेलीले १ सय ७ बलमा १७ चौका र १ छक्कासहित १ सय २९ रनको उत्कृष्ट शतकीय इनिङ खेलिन् । उनीनै खेलको प्लेयर अफ द म्याच चुनिन् ।

उनको यो ओडिआई करिअरको चौथो शतक हो । अर्की ओपनर राचेल हेन्स १ सय बलमा ९ चौका सहित ८५ रनमा आउट भइन् । पहिलो विकेटका लागि ओपनर हेली र हेन्सले २ सय १६ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । कप्तान मेग ल्यानिङ २६ र बेथ मुनी ४३ रनमा अविजित रहिन् ।

वेस्टइन्डिजकी चिनेल हेनरीले २ र शमिला कर्नवेलले १ विकेट लिइन् । अष्ट्रेलिया अपराजित यात्राका साथ शीर्ष र वेस्टइन्डिज चौथो स्थानमा रहेर सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा अप्रिल ३ अष्ट्रेलियासँग उपाधिको लागि खेल्नेछ ।

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

Success

Thank you for your time.