default_image

3 years ago

March 30, 2022

आसिफ पहिलो पटक ‘प्लेयर अफ द म्याच’

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेख सिनियर टोलीमा पहिलो पटक प्लेयर अफ द म्याच बनेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई सहजै हराउनेक्रममा आसिफले अर्धशतकीय योगदान दिएका थिए ।


१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आसिफले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । आसिफको यो टि२० आई करिअरको दोस्रो अर्धशतक र उत्कृष्ट प्रदर्शन हो ।

गतवर्ष घरेलु मैदानमै नेदरल्यान्ड्सविरुद्ध डेब्यू खेलमै ५४ रनको इनिङ खेलेका थिए । तर उक्त खेलमा कुशल भुर्तेल ६२ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । आसिफले त्यसपछि टि२० आईमा अर्धशतक बनाउन सकेका थिएनन् ।

आसिफ हालसम्म पनि ओडिआईमा प्लेयर अफ द म्याच बनेका छैनन् । आसिफले ओडिआईमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा गत असोजमा ओमानविरुद्ध ९० रनको इनिङ खेलेका थिए । १ सय १२ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

तर जतिन्दरसिंहले आक्रामक शतकका साथ ओमानलाई जित दिलाउँदै प्लेयर अफ द म्याच बनेका थिए । अन्य खेलमा भने उनको प्रदर्शन राम्रो हुन सकेको थिए । आसिफले सुरुवात राम्रो गरेपनि ठूलो इनिङमा बदल्न सकेका थिएनन् ।

आसिफको अर्धशतकमा नेपालको जित

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.