12 months ago
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।
चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ ।
एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको १ खेल जितेपनि ६ अंक मात्र हुनेछ । उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।
१ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुर १८औं ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।
जनकपुका जिमी निशमले सर्वाधिक ६५ रन बनाए । उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरे । जारी एनपिएलमा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए ।
आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए । शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए ।
बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल जनकपुरको पक्षमा गएको थियो । तर, १५औं ओभरमा सोहल तन्भिरले जिमी निशमको सहित २ विकेट लिए पछि जनकपुर पराजित भयो।
चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।
चितवनका कप्तान कुशलले ७२ रन जोडेका थिए । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी जिमी निशमको बलमा आउट भए । एनपिएलको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे ।
१७औं ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए । जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए । त्यस समयमा कुशलले ५४ रन जोडेका थिए ।
मोहसिनको तेह्रौं ओभरमा चितवनका कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछिको चौधौं ओभरमा अरनिको यादवलाई कुशले २० रन प्रहार गरे । सुरुवाती ११ बलमा ७ रन बनाएका कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे ।
कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे । बोपारा ललित राजवंशकिो बलमा आउट भए ।
ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए । इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए । सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे ।
जनकपुका लॐ ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए । लिग चरणको अन्तिम खेलमा जित सहित चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । पराजित जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको थियो ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।
प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]