4 years ago
March 30, 2022
एजेन्सी – स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर हर्षल पटेलको सानदार बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय २९ रनको सामान्य लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा अल आउट भयो ।कोलकाताका आन्द्रे रसेलले १८ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक २५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर वेंकटेश ऐरलाई आकाश दीपले चौथो ओभरको पहिलो बलमा १० रनमा कट एण्ड बोल्ड आउट गरे ।
अर्को ओभरको अन्तिम बलमा ओपनर अजिक्या रहाणे ९ रनमा आउट भए । दीपले नितिश राणालाई १० रनमा क्याच गराएपछि कोलकाता समस्यामा परेको थियो । त्यसपछि वानिन्दुले कोलकाताको मध्यक्रम धरासय बनाए । कप्तान श्रेयस ऐरलाई सातौं ओभरको चौथो बलमा लङअनमा फाफ डु प्लेसिसबाट १३ रनमा क्याच गराए । नवौं ओभरको अन्तिम दुई बलमा हसरंगाले दुई विकेट लिए ।
उनले सुनिल नारायणलाई १२ र शेल्डन ज्याकसनलाई गोल्डेन डक आउट गराउँदा कोलकाता ६७–६ को कमजोर अवस्थामा पुगेको थियो ।
हर्षल पटेलले लगातार दुई ओभर विकेट मेडन राखे । उनले साम बिलिंग्सलाई १४ र आन्द्रे रसेललाई क्याच गराए । अन्तिम विकेटका लागि बरुण चक्रवर्ती र उमेश यादवले २७ रनको साझेदारी गरे ।
यादवले १२ बलमा २ चौका र १ छक्कासहित १८ रन रन बनाए । चक्रवर्ती १६ बलमा २ चौकासहित १० रनमा अविजित रहे । वानिन्दु हसरंगाले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा २ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । आकाश दीपले ३.५ ओभरमा ४छ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजको नाममा १ विकेट रह्यो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]