default_image

4 years ago

March 30, 2022

कोलकातामाथि बेंगलोरको जित

247 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ । कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बेंगलोरले पहिलो जित निकालेको हो ।

१ सय २९ रनको विजयी लक्ष्य बेंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा शेर्फान रदरफोर्डले ४० बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रनको योगदान दिए । शहबाद अहमदले २० बलमा ३ छक्कासहित २७ रन जोडे । हर्षल पटेल ६ बलमा २ चौकासहित १० रनमा अविजित रहे ।

दीनेश कार्तिक ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे । अन्तिम ६ बलमा ७ रन चाहिँएको अवस्थामा दीनेशले आन्द्रे रसेललाई छक्का र चौका प्रहार गर्दै जित पक्का गराए । सुरुवात भने बेंगलोरको पनि हुन सकेन । ओपनर अनुज रावत शून्य र कप्तान फाफ डु प्लेसिस ५ रनमा आउट भएका थिए ।

पहिलो ओभरको तेस्रो बलमै अनुज रावत उमेश यादवको बलमा विकेटकिपर शेल्डन ज्याकसनबाट क्याच भए । टिम साउथीले अजिक्या रहाणेबाट डु प्लेसिसलाई क्याच गराए । विराट कोहली ७ बलमा २ चौकासहित १२ रनमा उमेश यादवको बलमा ज्याकसनबाट आउट हुँदा बेंगलोर २.१ ओभरमा १७–३ को अवस्थामा पुगेको थियो । डेविड विल्ली २८ बलमा ३ चौकासहित १८ रनमा क्याच आउट भए ।

बेंगलोरलाई १८ बलमा २४ रन जितको लागि चाहिँएको थियो । टिम साउथीले १८ औं ओभरको दोस्रो बलरमा रदरफोर्डलाई विकेटकिपरबाट उत्कृष्ट क्याच गराए । दुई बलपछि वानिन्दु हसरंगालाई मिडअफमा आन्द्रे रसेलबाट ४ रनमा क्याच गराएपछि खेल रोचक बनेको थियो ।
टिम साउथीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । उमेद यादवले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सुनिल नारायण र बरुणचक्रवर्तीको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको कोलकाता १८.५ ओभरमा १ सय २८ रनमा अल आउट भएको थियो । कोलकाताका आन्द्रे रसेलले १८ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक २५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर वेंकटेश ऐरलाई आकाश दीपले चौथो ओभरको पहिलो बलमा १० रनमा कट एण्ड बोल्ड आउट गरे ।

अर्को ओभरको अन्तिम बलमा ओपनर अजिक्या रहाणे ९ रनमा आउट भए । दीपले नितिश राणालाई १० रनमा क्याच गराएपछि कोलकाता समस्यामा परेको थियो । त्यसपछि वानिन्दुले कोलकाताको मध्यक्रम धरासय बनाए । कप्तान श्रेयस ऐरलाई सातौं ओभरको चौथो बलमा लङअनमा फाफ डु प्लेसिसबाट १३ रनमा क्याच गराए । नवौं ओभरको अन्तिम दुई बलमा हसरंगाले दुई विकेट लिए ।

उनले सुनिल नारायणलाई १२ र शेल्डन ज्याकसनलाई गोल्डेन डक आउट गराउँदा कोलकाता ६७–६ को कमजोर अवस्थामा पुगेको थियो । हर्षल पटेलले लगातार दुई ओभर विकेट मेडन राखे । उनले साम बिलिंग्सलाई १४ र आन्द्रे रसेललाई क्याच गराए । अन्तिम विकेटका लागि बरुण चक्रवर्ती र उमेश यादवले २७ रनको साझेदारी गरे ।

यादवले १२ बलमा २ चौका र १ छक्कासहित १८ रन रन बनाए । चक्रवर्ती १६ बलमा २ चौकासहित १० रनमा अविजित रहे । वानिन्दु हसरंगाले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा २ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । आकाश दीपले ३.५ ओभरमा ४छ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजको नाममा १ विकेट रह्यो ।

बंगलोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको थियो । बेंगलोरले तेस्रो खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्नेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा शुक्रबार पन्जाब किंग्ससँग खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.