default_image

3 years ago

March 31, 2022

पिएनजीलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दिउँसो १२ : ३० मा टियु मैदानमा हुनेछ । नेपाल विजयी भएमा ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्नेपक्का हुनेछ । पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पिएनजी भने दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहेर फाइनल खेल्न पिएनजीलाई जित्नुपर्ने दबाब छ । नेपालको सन्दीप लामिछाने र पपुवा न्युगिनीको असाद भालाले कप्तानी गर्नेछन् । पछिल्लो खेलमा मलेसियालाई हराउन आसिफ शेखले अर्धशतकीय इनिङ खेलेका थिए ।

ओपनरमा कुशल भुर्तेल र आसिफ शेखनै हुनेछन् । नेपालले आज टोलीमा केहि परिवर्तन गर्नसक्छ । आरिफ शेखलाई विश्राम दिँदै आदिल अन्सारीलाई डेब्यू दिनसक्छ । अन्सारी आक्रामक ब्याटिङ र मध्य गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले तीन तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई खेलाउँदै आएको छ ।

आजको खेलमा सोमपाललाई पनि विश्राम दिनसक्छ । सोमपाल ओडिआई सिरिजमा पनि थिए । सोमपाललाई विश्राम दिएको खण्डमा कमल सिंह ऐरीलाई मौका दिनसक्छ । विवेक यादवले पनि मौका पाउन सक्छन् । सन्दीप, करण र दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् ।
पिएनजीका नोर्मन भानुआ, चाल्सी अमिनी र असाद भाला प्रमुख हतियार हुन् ।

यी तीन खेलाडीको प्रदर्शनले पिएनजीको प्रदर्शन निर्धारण गर्नेछन् । पिएनजी ओपनर टोनी उरा र लेगा सियाकाबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । मध्यक्रममा अमिनी र भालाले सम्हाल्नेछन् । पछिल्लो खेलमा नेपालविरुद्ध विष्फोटक ब्याटिङ गरेका भानुआ टिकेको खण्डमा नेपाललाई जितको लागि कठिन पर्ने देखिन्छ । बायाँ हाते तीव्र गतिका बलर एलि नाओ उसका हतियार हुन् ।


हेड टु हेड :
नेपाल र पिएनजीबीच दुई टि२० आई खेल भएको छ । नेपाल १ खेलमा जित र १ खेलमा पराजित भएको छ ।

मौसम : आज सामान्य वर्षा हुनसक्ने सम्भावना छ । तापक्रम १८ देखि २२ डिग्री सेल्सियस सम्म मात्र हुनेछ ।

नेपाली टोली :

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।

चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०

चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०

चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]

December 12, 2024

पोखरासँग विराटनगर सुपर ओभरमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]

Success

Thank you for your time.