default_image

3 years ago

March 31, 2022

दीपेन्द्र र आदिलको सानदार ब्याटिङमा नेपालको विशाल योगफल

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीको सानदार ब्याटिङमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले १८ औं ओभरको सुरुवाती तीन बलमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै २९ बलमा अर्धशतक पूरा गरेका थिए । उनको यो टि२० आई करिअरको चौथो अर्धशतक हो । युवा ब्याटर रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६.२ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर राइली हेकुरेको बलमा कुशल एज लागेर कभरमा टोनी उराबाट १७ रनमा क्याच भए । २० बल खेलेका भुर्तेलले २ चौका प्रहार गरे ।

आसिफ नोर्मन भानुआको १० औं ओभरको चौथो बलमा डिप मिडविकेटमा उराबाट क्याच भए । त्यसअघिको बलमा उनले काउकर्नरमा छक्का प्रहार गरेका थिए । आसिफले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए । रोहित हेकुरेको बलमा स्क्वायर लेगमा सेसे बाउबाट क्याच भएका थिए । तल्लोक्रमका करण केसी १ दीलिप नाथ शून्यमा आउट भए ।


नेपालले १९ औं अ‍ोभरका ४ छक्का र १ चौका सहित कुल ३२ रन जोडेको थियो । दीपेन्द्र नोसैना पोकनाको बलमा १९ औं ओभरको अन्तिम बलमा लङअनमा टोनी उराबाट क्याच भएका थिए । पपुवा न्युगिनीका राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

December 12, 2024

जनकपुर अन्तिम खेल अघि नै प्लेअफमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि हर्ष ठाकरले नट […]

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]

Success

Thank you for your time.