default_image

2 years ago

March 31, 2022

सानदार ब्याटिङसँगै लखनऊलाई चेन्नईको विशाल लक्ष्य

एजेन्सी – सानदार ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोर्नमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन बनायो । चेन्नईका ओपनर रोबिन उथप्पा २७ बलमा ८ चौका र १ छक्कासहित […]

68 views

0 Bookmark

एजेन्सी – सानदार ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोर्नमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन बनायो ।

चेन्नईका ओपनर रोबिन उथप्पा २७ बलमा ८ चौका र १ छक्कासहित ५० रनमा आउट भए । शिवम दुबेले ३० बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा क्याच आउट भए । ओपनर ऋतुराज गायकवाड १ रनमा आउट हुँदा तेस्रो नम्बरका मोईन अली २२ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

अली आवेश खानको बलमा बोल्ड आउट भए । उथप्पालाई स्पिनर रवि विश्रोईले एलबीडब्लू आउट गरे । लखनऊले रिभ्यु लिँदै उथप्पालाई पेभेलिएन फर्काएको थियो । अम्बाति रायुडू २० बलमा २ चौका र २ छक्कासहित २७ रनमा विश्रोईको बलमा बोल्ड आउट भए । रविन्द्र जडेजा ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।

धोनी ६ बलमा २ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे । लखनऊका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । एन्ड्रयु टाईले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा चेन्नई कोलकातासँग ६ विकेटले पराजित भएको थियो । लखनऊ गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.