default_image

4 years ago

March 31, 2022

चेन्नईमाथि लखनऊको सानदार जित

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ । डेब्यू प्रतियोगिता खेलेको लखनऊले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

२ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनऊको जितमा नायक बनेका एविन लेविस २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा अविजित रहे । आयुष बदोनी ९ बलमा २ छक्कासहित १९ रनमा अविजित रहे ।लखनऊलाई जितको लागि अन्तिम १२ बलमा ३४ रन चाहिँएको थियो ।

१९ औं ओभरमा शिवम दुबेले २५ रन खर्चेपछि खेल हातबाट निस्केको थियो । १९ औं ओभरको पहिलो बलमै आयुष बदोनीले छक्का प्रहार गरे । त्यसपछि लेविसले चौथो र पाँचौं बलमा चौका प्रहार गरे । अन्तिम बलमा छक्का प्रहार गर्दै जित पक्का गराए । ओपनर क्विन्टन डि ककले ४५ बलमा ९ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिए ।

ओपनर लोकेश राहुल र डि ककले पहिलो विकेटका लागि १०.२ ओभरमा ९९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । राहुल २६ बलमा २ चौका र ३ छक्कासहित ४० रनमा आउट भए । मनिष पाण्डे ५ र दीपक हुडा १३ रनमा आउट भए । चेन्नईका ड्वेन प्रिटोरियसले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । तेषार देशपान्डेले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । ड्वेन ब्राभोले १ विकेट लिए ।

त्यसअघि ब्रेबोर्नमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । चेन्नईका ओपनर रोबिन उथप्पाले २७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । शिवम दुबेले ३० बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा क्याच आउट भए ।

ओपनर ऋतुराज गायकवाड १ रनमा आउट हुँदा तेस्रो नम्बरका मोईन अली २२ बलमा ४ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । अली आवेश खानको बलमा बोल्ड आउट भए । उथप्पालाई स्पिनर रवि विश्रोईले एलबीडब्लू आउट गरे । लखनऊले रिभ्यु लिँदै उथप्पालाई पेभेलिएन फर्काएको थियो । अम्बाति रायुडू २० बलमा २ चौका र २ छक्कासहित २७ रनमा विश्रोईको बलमा बोल्ड आउट भए ।

रविन्द्र जडेजा ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । धोनी ६ बलमा २ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे । लखनऊका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । एन्ड्रयु टाईले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा चेन्नई कोलकातासँग ६ विकेटले पराजित भएको थियो । लखनऊ गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । चेन्नईले अव आइतबार पन्जाब किंग्ससँग खेल्नेछ । लखनऊले सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.