default_image

2 years ago

April 1, 2022

पाकिस्तानको इतिहासकै उत्कृष्ट जित

एजेन्सी – कप्तान बाबर आजम र ओपनर इमाम उल हकको उत्कृष्ट शतकको सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ । पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको छ । ३ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै […]

57 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजम र ओपनर इमाम उल हकको उत्कृष्ट शतकको सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियामाथि आफ्नो इतिहासकै उत्कृष्ट जित हात पारेको छ । पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको छ ।

३ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानले आफ्नो ओडिआई इतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१४ मा बंगलादेशविरुद्ध ३ सय २९ रननै पाकिस्तानले पूरा गरेको सर्वाधिक ठूलो योगफल रहँदै आएको थियो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले ८३ बलमा ११ चौका र १ छक्कासहित १ सय १४ रनको कीर्तिमानी इनिङ खेले । ओडिआईमा अष्ट्रेलियाविरुद्ध पाकिस्तानबाट कप्तानको रुपमा शतक प्रहार गर्ने बाबर पहिलो खेलाडी हुन् । यसअघि पूर्व कप्तान इमरान खानको ८२ रन नै सर्वाधिक थियो ।

बाबरको ओडिआई करिअरको १५ औं शतक हो । कप्तानको रुपमा बाबरको ओडिआईमा चौथो शतक हो । जुन पाकिस्तानबाट कप्तानले प्रहार गरेको सर्वाधिक शतक हो । इमाम उल हकले ९७ बलमा ६ चौका र ३ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । उनको यो लगातार दोस्रो शतक हो । ओडिआई करिअरको आठौं शतक हो ।

ओपनर फखार जमान र इमाम उल हकले पहिलो विकेटका लागि १८.५ बलमा १ सय १८ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । जमान ६४ बलमा ७ चौका र २ छक्कासहित ६७ रनमा आउट भए ।

उनी मार्कस स्टोइनिसको बलमा बोल्ड भए । खुशदील शाह १७ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहँदै पाकिस्तानको जित पक्का गराए । मोहम्मद रिजवानले २३ र इफ्तिखर अहमदले ११ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक २ विकेट लिए ।


त्यसअघि लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ रन ४८ रन बनाएको थियो । शीर्षक्रमका ब्याटर बेन म्याकडर्मोटले १ सय ८ बलमा १० चौका र ४ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । यो उनको ओडिआई करिअरको पहिलो शतक हो । तर टोलीलाई जिताउन सकेनन् ।


ओपनर ट्रर्विस हेडले ७० बलमा ६ चौका र ५ छक्कासहित ८९ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । उनी स्पिनर जैद मोहम्मदको बलमा शाहिन शाह अफ्रिदीबाट क्याच भएपछि लगातार दोस्रो शतक बनाउन ११ रनले चुके । कप्तान आरोन फिन्च भने अफ्रिदीको बलमा शून्यमै एलबीडब्लू आउट भएका थिए ।

मार्नस लाबुसेन ४९ बलमा ५ चौकासहित ५९ रनमा क्याच आउट भए । मार्कस स्टोइनिस ३३ बलमा ५ चौका र १ छक्का सहित ४९ रनमा आउट भए । शेन एबोट १६ बलमा ४ चौकासहित २८ रनमा आउट भए । एलेक्स केरी र क्यामरन ग्रिन ५–५ रनमा आउट भए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ६४ रन खर्चेर ४ विकेट लिए । हरिस रौफले २, जैद मोहम्मद र खुसदील शाहले १–१ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८८ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.