default_image

4 years ago

April 1, 2022

पन्जाबविरुद्ध कोलकाताको उत्कृष्ट बलिङ

177 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर उमेश यादवको उत्कृष्ट बलिङसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाब १८.२ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । पन्जाबका विकेटकिपर भानुका राजपक्षेले ९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३१ रनको योगदान दिए ।

उमेशले पहिलो ओभरको अन्तिम बलमा कप्तान मयंक अग्रवाललाई १ रनमा एलबीडब्लू आउट गरे । शिखर धवन टिम साउथीको छैटौं ओभरको पाँचौं बलमा साम बिलिंग्सबाट १६ रनमा क्याच भए । १५ बल खेलेका धवनले १ चौका र १ छक्का प्रहार गरे । उमेशले पन्जाबका प्रमुख ब्याटर लियाम लिभिङस्टोनलाई साउथीबाट १९ रनमा क्याच गराएपछि पन्जाब ७८–४ को अवस्थामा पुगेको थियो ।

पन्जाबले बाँकी ६ रन जोड्दा राज बावा ११ रनमा सुनिल नारायणको बलमा बोल्ड आउट भए । साउथीले शाहरुख खानलाई शून्यमा क्याच गराएपछि पन्जाब संकटमा परेको थियो । उमेशले हरप्रीत बारहलाई १४ रनमा बोल्ड र राहुल चाहरलाई शून्यमा क्याच गराएपछि पन्जाब १४.४ ओभरमा १०२–८ को अवस्थामा पुगेको थियो । कागिसो रबाडा १६ बलमा ४ चौका र १ छक्कासहित २५ रनमा आउट भए । ओडेन स्मिथ ९ रनमा अविजित रहे ।

कोलकाताका उमेश यादवले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । टिम साउथीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । शिवम माभी, सुनिल नारायाण र आन्द्रे रसेलले १–१ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.