default_image

4 years ago

April 2, 2022

मुम्बईलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

164 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर जस बटलरको शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई २३ रनले पराजित गरेको छ ।

१ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । मुम्बईका युवा ब्याटर तिलक बर्माले ३३ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । ओपनर ईशान किशन ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रनमा क्याच भए ।

तीव्र गतिका बलर प्रसिद्ध कृष्णले दोस्रो ओभरको पाँचौं बलमा कप्तान रोहित शर्मालाई १० रनमा रियान परागबाट क्याच गराए । नवदीप सैनीको बलमा अनोमलप्रीत सिंह ५ रनमा आउट भए । तेस्रो विकेटका लागि किशन र बर्माले ८१ रनको साझेदारी गर्दै जितको सम्भावना कायमै राखेका थिए ।


किशन ट्रेन्ट बोल्टको १३ औं ओभरको अन्तिम बलमा सैनीबाट क्याच भएपछि मुम्बईलाई जितको लागि अन्तिम ४२ बलमा ७३ रन चाहिँएको थियो । १५ औं ओभरको दोस्रो बलमा स्पिनर रविचन्द्रन आश्विनले बर्मालाई बोल्ड आउट गरे । १६ औं ओभरको सुरुवाती दुई बलमा युजभेन्द्र चहलले टिम डेविडलाई १ र ड्यानियल साम्सलाई डक आउट गरेपछि राजस्थान जिततर्फ अघि बढेको थियो ।

काइरन पोलार्डले २४ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । नवदिप सैनीले ३ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । राजस्थानका ओपनर तथा विकेटकिपर जस बटलरले ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । बटलरले ६६ बलमा शतक पूरा गरेका थिए । आइपिएलमा बटलरको दोस्रो शतक हो ।

यसअघि बटलरले २०२१ मा बटलरले सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा ११ चौका र ८ छक्कासहित १ सय २४ रनको सानदार इनिङ खेलेका थिए । राजस्थानले ओपनर यशस्वी जैसवाल १ र देवदत्त पाडिक्कललाई ७ रनमा गुमाएको थियो। तेस्रो विकेटका लागि कप्तान सन्जु स्यामसन र बटलरले ८२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्यामसन २१ बलमा १ चौका र ३ छक्कासहित ३० रनमा क्याच आउट भए । उनी पोलार्डको बलमा तिलक बर्माबाट क्याच भए । शिम्रन हेटमायरले १४ बलमा ३ चौका र ३ छक्कासहित ३५ रनको विष्फोटक इनिङ खेल्दै विशाल योगफलमा पुर्याए । हेटमायर जस्प्रित बुमराहको बलमा तिलक बर्माबाट क्याच भए । बटलरलाई बुमराहले १९ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गरे ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । टाइमल मिल्सले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राजस्थानले पहिलो खेलमा हैदराबादलाई ६१ रनले हराएको थियो । अव राजस्थानले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा बुधबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । आजको दोस्रो खेलमा गुजरात टाइटन्स र दिल्लीबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.