default_image

2 years ago

April 2, 2022

कमलको शल्यक्रिया आइतबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको शल्यक्रिया आइतबार हुने भएको छ । टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए । आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको शल्यक्रिया आइतबार हुने भएको छ ।

टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए । आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार एण्डतर्फको लङअनमा प्रहार गरेको बल रोक्नेक्रममा क्रममा उनी घाइते भएका थिए । बल रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो । नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेका अनुसार उक्त हड्डी बिचबाट भाँचिएको हुँदा आइतबार नै शल्यक्रिया हुनेछ ।

आइतबार शल्यक्रिया छ । त्यसपछि थप जानकारी आउँछ । शल्यक्रियापछि हड्डी ठिक हुन कम्तिमा ६ हप्ता जति समय लाग्छ । चिकित्सकको अनुसार त्यस्तो ठूलो चोट होईन । सामान्य हो । खेलाडीमा भइहाल्यो । अरु जस्तो होइन, शतप्रतिशत ठिक हुन्छ भन्नुभएको छ’, न्यौपानेले हाम्रो खेलकुदसँग भने । उनको नेपाल नेशनल अस्पतालमा उपचार भएको छ । आइतबार सोहि अस्पतालमा शल्यक्रिया हुनेछ ।

‘कम्तिमा ६ हप्ता ठिक हुन लाग्छ । चाँडै ठिक भयो भने बलिङमा असर पर्दैन । चोट लागेको उनको नन बलिङ ह्यान्ड हो । त्यसपछि अवस्था हेरेर थाहा हुन्छ,’ फिजियो न्यौपानेले थपे, ‘दुखाई हुन्छ कि हुँदैन । हातको रेन्ज कति आउँछ । त्यहिँ अनुसार अभ्यास विस्तारै गर्न सकिन्छ । शल्यक्रिया भएको चार हप्तापछि यकिन भन्न सकिन्छ ।’

युवा स्टार कमलले पछिल्लो समय नेपाली टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । उनलाई नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा भने शनिबार नै पहिलो अवसर दिएको थियो । यसअघिका उनी तीन खेलमा सामान्य चोटका कारण उनी बेन्चमा थिए । सोमपाल कामीलाई विश्राम दिँदै नेपालले उनलाई आज मौका दिएको थियो । तर दुर्भाग्य चोट बोक्न पुगे । कमलले चोट बोक्नु अघि सुरुवातमै दुई प्रमुख विकेट लिएका थिए ।

पहिलो ओभरको अन्तिम बलमै मलेसिया ओपनर जुबैदी जुल्किफ्लीलाई शून्यमा कुशल भुर्तेलबाट क्याच गराएका थिए । आक्रामक सुरुवात गरेका विरनदीप सिंहलाई छैटौं ओभरको चौथो बलमा स्क्वायर लेगमा आसिफ शेखबाट ४७ रनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।

कमलले नेपालबाट ३ ओडिआई र १० टि२० आई खेल खेलेका छन् । कमलले ओडिआईमा २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध टियु मैदानमा डेब्यू दिएको थियो । टि२० आईमा गतवर्ष मलेसियाविरुद्ध टियुमै डेब्यू गरेका थिए ।

नेपाललाई दुई महिना अघि आइसिसी टि२० विश्वकप छनोट ए मा अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन कमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । कमलले घरेलु क्रिकेट भने नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् । कमल तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.