default_image

2 years ago

April 2, 2022

अष्ट्रेलियामाथि पाकिस्तानको सानदार जित, बाबर सर्वोत्कृष्ट

एजेन्सी – कप्तान बाबर आजमको शतक र उत्कृष्ट बलिङसँगै पाकिस्तानले अष्ट्रेलियासँगको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको छ । पाकिस्तानले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियामाथि ९ विकेटको सानदार जितका सिरिज जितेको हो । २ सय ११ रनको मध्यम विजयी लक्ष्य पाकिस्तानले ३७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर […]

137 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको शतक र उत्कृष्ट बलिङसँगै पाकिस्तानले अष्ट्रेलियासँगको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको छ । पाकिस्तानले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियामाथि ९ विकेटको सानदार जितका सिरिज जितेको हो ।

२ सय ११ रनको मध्यम विजयी लक्ष्य पाकिस्तानले ३७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम १ सय १५ बलमा १२ चौकासहित १ सय ५ रनमा अविजित रहे । बाबरको यो ओडिआई करिअरको १६ औं शतक हो । अष्ट्रेलियाविरुद्ध लगातार दुई शतक प्रहार गरेका हुन् । बाबरनै खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए ।

ओपनर इमाम उल हक १ सय बलमा ६ चौका र १ छक्कासहित ८९ रनमा अविजित रहे । उनले पहिलो र दोस्रो ओडिआई खेलमा भने लगातार शतक प्रहार गरेका थिए । दोस्रो विकेटका लागि इमाम र बाबरले १ सय ९० रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गर्दै जित पक्का गराए । फखार जमान १२ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया ४१.५ ओभरमा २ सय १० रनमा अल आउट भयो । अष्ट्रेलिया विकेटकिपर एलेक्स केरीले ६१ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । शेन एबोटले ४० बलमा ६ चौका र १ छक्कासहित ४९ रनमा आउट भए ।

ओपनर ट्रविस हेड र कप्तान अरोन फिन्च दुबै डक (शून्य) भएका थिए । बेन म्याकडेर्मोट ३६, मार्नस लाबुसेन ४, मार्कस स्टोइनिस १९ र क्यामरन ग्रिन ३४ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ८.५ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिमले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ३ विकेट लिए ।

शाहिन शाह अफ्रिदीले २, जहिद मोहम्मद र इफ्तिखर अहमदले १–१ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८८ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । अव यी दुई देशबीच एक मात्र टि२० आई खेल मंगलबार हुनेछ । तीन टेस्ट खेलको सिरिज भने अष्ट्रेलियाले १–० ले जितेको थियो ।

यो पनि : विश्व क्रिकेटका वादशाह बाबर

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.