4 years ago
April 2, 2022
एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर तथा कप्तान ऋषभ पन्त २९ बलमा ७ चौकासहित सर्वाधिक ४३ रन बनाए । रोभम्यान पावेल १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । ओपनर पृथ्वी शा १०, टिम सिफर्ट ३, मनदीप सिंह १८ र ललित यादव २५ रनमा आउट भए ।
हार्दिक पान्ड्याले दोस्रो ओभरको पहिलो बलमै सिफर्टलाई क्याच आउट गराएका थिए । तीव्र गतिका बलर लोकी फर्गुसनले शा र मनदीपलाई क्याच गराउँदै ३४–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि पन्त र ललितले ६१ रनको साझेदारी गरेका थिए । कुलदीप यादव १४ बलमा १ छक्कासहित १४ रनमा अविजित रहे ।
गुजरातका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या र राशिद खानले १–१ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । ओपनर सुभमन गिलले ४६ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । कप्तान हार्दिक पान्ड्या २७ बलमा ४ चौकासहित ३१ रनमा आउट भए ।
ओपनर म्याथ्यु वेड मुस्ताफिजुर रहमानको बलमा १ रनमै विकेटकिपर ऋषभ पन्तबाट क्याच भएका थिए । विजय शंकर १३ रन बनाउँदा आउट भए । डेविड मिलर २० र राहुल टेवाटिया १४ रनमा आउट भए । दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १ विकेट लिए ।
दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेल ७ अप्रिलमा लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । गुजरातले पहिलो खेलमा लखनऊलाई ५ विकेटले हराएको थियो । गुजरातले ८ फेब्रुअरीमा पन्जाबसँग खेल्नेछ । आइतबार चेन्नई र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]