default_image

2 years ago

April 3, 2022

कमलको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ । आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले शल्यक्रिया गरेका हुन् । शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य […]

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ ।

आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले शल्यक्रिया गरेका हुन् । शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए । आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार एण्डतर्फको लङअनमा प्रहार गरेको बल रोक्नेक्रममा क्रममा उनी घाइते भएका थिए ।

बल रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो । नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेका अनुसार उक्त हड्डी बिचबाट भाँचिएको हुँदा शल्यक्रिया गर्नु परेको हो । शल्यक्रियापछि हड्डी ठिक हुन कम्तिमा ६ हप्ता जति समय लाग्ने बताइएको छ । युवा स्टार कमलले पछिल्लो समय नेपाली टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।

उनलाई नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा भने शनिबार नै पहिलो अवसर दिएको थियो । यसअघिका उनी तीन खेलमा सामान्य चोटका कारण उनी बेन्चमा थिए । सोमपाल कामीलाई विश्राम दिँदै नेपालले उनलाई आज मौका दिएको थियो । तर दुर्भाग्य चोट बोक्न पुगे । कमलले चोट बोक्नु अघि सुरुवातमै दुई प्रमुख विकेट लिएका थिए ।

पहिलो ओभरको अन्तिम बलमै मलेसिया ओपनर जुबैदी जुल्किफ्लीलाई शून्यमा कुशल भुर्तेलबाट क्याच गराएका थिए । आक्रामक सुरुवात गरेका विरनदीप सिंहलाई छैटौं ओभरको चौथो बलमा स्क्वायर लेगमा आसिफ शेखबाट ४७ रनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।

कमलले नेपालबाट ३ ओडिआई र १० टि२० आई खेल खेलेका छन् । कमलले ओडिआईमा २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध टियु मैदानमा डेब्यू दिएको थियो । टि२० आईमा गतवर्ष मलेसियाविरुद्ध टियुमै डेब्यू गरेका थिए ।

नेपाललाई दुई महिना अघि आइसिसी टि२० विश्वकप छनोट ए मा अपराजित रहँदै सेमिफाइनल सम्म पुर्याउन कमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । कमलले घरेलु क्रिकेट भने नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् । कमल तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.