default_image

12 months ago

December 12, 2024

एनपिएलमा विराटनगर र पोखरा खेल्दै

657 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् ।

एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ ।

कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।

लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

सुरुवाती दुवै खेल हारेको विराटनगरले तेस्रो खेलमा भने जित हात पारेका थिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

आज दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले अनिलकुमार शाहको नेतृत्वमा रहेको टोली जनकपुर बोल्ट्सको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

५ खेलमा ४ जित र १ हारका साथ जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।

४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.