default_image

2 years ago

April 3, 2022

अष्ट्रेलियालाई महिला विश्वकपको उपाधि

एजेन्सी – अष्ट्रेलियाले एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो । अष्ट्रेलियाले अपराजित रहँदै ९ वर्षपछि एकदिवसिय महिला विश्वकपको उपाधि जितेको हो । ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट […]

86 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो । अष्ट्रेलियाले अपराजित रहँदै ९ वर्षपछि एकदिवसिय महिला विश्वकपको उपाधि जितेको हो ।

३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डकी नाट सेभरले १ सय २१ बलमा १५ चौका र १ छक्कासहित १ सय ४८ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीलाई विश्वकप च्याम्पियन बनाउन सकिनन् । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिइन् । जेस जेनसेन ८.४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । मेगन स्कटले २ विकेट लिइन् ।

त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो ।

ओपनर हेलीले १ सय ३८ बलमा २६ चौकासहित १ सय ७० रनको सानदार शतकीय इनिङ खेलिन् । हेलीको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो । ओडिआई करिअरको पाँचौं शतक हो । जारी विश्वकपमा हेलीको लगातार दोस्रो शतक हो । हेलीले सेमिफाइनलमा वेस्टइन्डिजविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेकी थिइन् ।

हेलीले महिला र पुरुष दुबै विश्वकप फाइनलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएकी छिन् । यसअघि विश्वकप फाइनलमा पुरुषको तर्फबाट २००७ को विश्वकपमा अष्ट्रेलिया एडम गिलक्रिष्टले श्रीलंकाविरुद्ध १ सय ४९ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन् । पहिलो विकेटका लागि हेन्स र हेलीले २९।१ ओभरमा १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन जोडिन् । मेग ल्यानिङले १० र एलिस ऐरीले १७ रन बनाइन् । अन्या श्रुब्सोले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् ।

अष्ट्रेलियाले यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.