default_image

2 years ago

April 3, 2022

त्रिकोणात्मक टि२० आई सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि२० आई सिरिजको ट्रफी सार्वजनिक गरेको छ । सोमबार फाइनलअघि क्यानले आइतबार ट्रफी सार्वजनिक गरेको हो । सोमबार नेपाल र पपुवा न्युगिनीबीच फाइनल हुनेछ । नेपाल ४ खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो । पीएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेटरनरेटले पछि पार्दै फाइनलमा […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि२० आई सिरिजको ट्रफी सार्वजनिक गरेको छ । सोमबार फाइनलअघि क्यानले आइतबार ट्रफी सार्वजनिक गरेको हो ।

सोमबार नेपाल र पपुवा न्युगिनीबीच फाइनल हुनेछ । नेपाल ४ खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो । पीएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेटरनरेटले पछि पार्दै फाइनलमा पुगेको छ ।

नेपालले लिगमा पीएनजीलाई १५ रन र ३७ रनले पराजित गरेको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा मलेसियासँग ८ रनले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटको सानदार जित हात पारेको थियो ।

नेपालका कप्तान सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने बताए । नेपाल धेरै राम्रो टिम हुँदा चुनौतीको लागि तयार रहेको पपुवा न्युगिनीका कप्तान कार्ल सान्द्रीले बताए ।

टि२० आई त्रिकोणात्मक सिरिजको प्लेयर अफ द सिरिज हुने खेलाडीले ५ सय अमेरिकी डलर (६१ हजार १ सय नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् । खेलको प्लेयर अफ द म्याचले १ सय अमेरिकी डलर (१२ हजार २ सय नेपाली रुपैयाँ) पाउनेछन् ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.