default_image

2 years ago

April 3, 2022

अपराजित नेपाल र अप्रत्याशित पीएनजीबीच उत्कृष्ट फाइनलको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा सोमबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२:३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपालले लिग चरणका चार खेलमानै जित हात पारेको थियो । पीएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ । […]

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा सोमबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२:३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ ।

नेपालले लिग चरणका चार खेलमानै जित हात पारेको थियो । पीएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ । पीएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेट रनरेटले पछि पार्दै फाइनलमा पुगेको थियो ।

नेपाललाई घरेलु मैदान र समर्थकले गर्दा थप फाइदा हुनेछ । पीएनजीले नेपालसँगको दुई ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । नेपाल त्यसको बदला लिने सोचमा हुनेछ । पीएनजीसँग पहिलो खेलमा नेपाल १५ रनले विजयी भएको थियो । दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । मलेसियासँग पहिलो खेलमा १५ रनले स्तब्ध बनेको पीएनजीले दोस्रो खेलमा ८ विकेटको सानदार जितका साथ फाइनलमा स्थान बनाएको हो ।

मलेसियाले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको विष्फोटक इनिङ खेलेका थिए । कप्तान असाद भालाले ओपनिङ गर्दै ५१ बलमा ७४ रनको इनिङ खेलेका थिए ।

भाला र उरा लयमा फर्किनु पीएनजीको लागि प्रमुख सकारात्मक पक्ष हो । मध्यक्रमका चार्ल्स अमिनीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । अमिनी ओडिआई सिरिजका सर्वोत्कृष्ट खेलाडी हुन् । अमिनीले नेपालसँग दोस्रो खेलमा ६२ रनको इनिङ खेलेका थिए । नोर्मन भानुआ पीएनजीका प्रमुख हतियार हुन् । टियुको ब्याटिङ सहयोगी पिच र छोटो बाउन्ड्रीको उनले लगातार फाइदा उठाउँदै आएका छन् । उनको विकेट नेपालको लागि महत्वपूर्ण हुनेछ ।

भाला, अमिनी, उरा र भानुआ उसका प्रमुख हतियार हुन् । पीएनजीको बलिङ आक्रामण भने कमजोर छ । त्यसको नेपालले भरपूर फाइदा उठाउन सक्नुपर्छ । पहिलो टि२० खेलमा नेपालसँग १ सय ८४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ६८ रनमा अल आउट भएको थियो ।

१९ औं ओभरको पाँचौं बलम करणले भानुआलाई ५२ रनमा आउट गर्दै जित सहज बनाएका थिए । पीएनजी ओपनर लेगा सियाकाबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । दोस्रो ओडिआई खेलमा नेपाललाई हराउन उनले ९० रनको इनिङ खेलेका थिए ।

पीएनजीलाई भन्दा बढी दबाब नेपाललाई हुनेछ । घरेलु मैदान र समर्थक सामु उपाधि रक्षा गर्न सहज पक्कै हुनेछैन । पीएनजीलाई गुमाउनु केहि छैन । पीएनजी उत्कृष्ट प्रदर्शनमा साथ टि२० सिरिज पनि जित्न चाहन्छ ।

तर नेपाललाई हराउन सहज भने हुने छैन । दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल ब्याटिङमा उच्च लयमा छन् । दीपेन्द्रले पछिल्लो खेलमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । टि२० सिरिजमा दीपेन्द्रले सानदार प्रदर्शन गरेका थिए । रोहितले पनि तेस्रो नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुई ब्याटरको प्रदर्शन नेपाल फाइनलमा महत्वपूर्ण हुनेछ ।

युवा स्टार आदिल अन्सारीले तल्लोक्रममा विष्फोटक अन्त्य गर्दै आएका छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेल भने ठूलो इनिङ खेल्नबाट चुक्दै आएका छन् । मध्यक्रममा आरिफ शेखको स्थानमा कुशल मल्लले मौका पाउन सक्छन् । मलेसियासँग विश्राम दिएका सोमपाल कामी टोलीमा फर्किनेछन् । तीव्र गतिका बलरमा करण केसी, सोमपाल र अभिनाश बोहरा हुनेछन् ।

करणले पीएनजीविरुद्ध दोस्रो खेलमा ह्याट्रिक सहित ५ विकेट लिँदै नेपालको जित सहज बनाएका थिए । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् । नेपाल घरेलु मैदानमा लगातार दुई त्रिकोणात्मक टि२० आई सिरिज जित्ने सोचमा हुनेछ । यस सिरिजमा अपराजित रहेको नेपाल र अप्रत्याशित पीएनजीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।

पपुवा न्युगिनीको टोली :

असाद भाला (कप्तान), लेगा सियाका, टोनी उरा, सेसे बाउ, चाल्र्स अमिनी, सिमोन आइती, चाद सोपर, नर्मन भानुआ, राइली हेकुरे, काबुआ मोरेआ, नोसैना पोकन, हिरी हिरी, जेसन किला, एली नाओ, डोगोडो बाउ र सिमो कमिया ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.