4 years ago
April 3, 2022
एजेन्सी – आक्रामक ब्याटर लियाम लिभिङस्टोनको सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । पन्जाबको जारी आइपिएलमा दोस्रो जित हुँदा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको लगातार तेस्रो हार हो ।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ सय २६ रनमा अल आउट भयो । चेन्नईका शिवम दुबेले ३० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । महेन्द्रसिंह धोनीले २८ बलमा १ चौका र १ छक्कासहित २३ रनमा आउट भए । अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
एक समय ३६–५ को दयनीय अवस्थामा पुगेको चेन्नईलाई छैटौं विकेटका लागि धोनी र दुबेले ६२ रनको साझेदारी गर्दै हारको रन अन्तर घटाएका थिए । दुबे लिभिङस्टोनको १५ औं ओभरको चौथो बलमा अर्शदीप सिंहबाट क्याच भए । लगत्तै अर्को बलमा ड्वेन ब्राभोलाई गोल्डेन डक आउट पेभेलिएन फर्काए ।
ओपनर ऋतुराज गायकवाडलाई कागिसो रबाडाले शिखर धवनबाट १ रनमै क्याच गराए । वैभव अरोराले रोबिन उथप्पालाई १३ र मोईन अलीलाई शून्यमा आउट गर्दै ४.४ ओभरमा २३–३ को अवस्थामा पुर्याएका थिए । त्यसपछि अर्शदीपले कप्तान रविन्द्र जडेजालाई शून्यमा बोल्ड आउट गरे । अम्बाती रायुडू २१ बलमा १३ रन जोड्दै आउट भएका थिए ।

पन्जाबका स्पिनर राहुल चाहरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आरोराले २, कागिसो रबाडा, अर्शदीपसिंह र ओडेन स्मिथले १–१ विकेट लिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । शिखर धवन २४ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा आउट भए ।
ओपनर मयंक अग्रवाल ४ र भानुका राजपक्षे ९ रनमा आउट हुँदा पन्जाब १.२ ओभरमा १४–२ को अवस्थामा थियो । त्यसपछि धवन र लिभिङस्टोनले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तर तल्लोक्रमका ब्याटर चल्न नसक्दा उक्त योगफलमा पुग्न सकेन ।

तेस्रो विकेटका लागि धवन र लिभिङस्टोनले ९५ रनको साझेदारी गरेका थिए । १० ओभरमै पन्जाबले १ सय ९ रन बनाएको थियो । ड्वेन ब्राभोको बलमा धवन १० औं ओभरको अन्तिम बलमा कप्तान रविन्द्र जडेजाबाट एक्स्ट्रा कभरमा क्याच भएपछि चेन्नई खेलमा फर्किएको थियो । पन्जाबले अन्तिम ६० बलमा ५ विकेट गुमाउँदै ७१ रन मात्र बनाएको थियो ।
थप ६ रन जोड्दा लिभिङस्टोन जडेजाको बलमा अम्बाती रायुडूबाट सर्ट थर्ड म्यानमा क्याच भए । जितिश शर्माले १७ बलमा ३ छक्कासहित २६ रनमा आउट भए । फिनिसर शाहरुख खान ६ र ओडेन स्मिथ ३ रनमा आउट भएका थिए । कागिसो रबाडा र राहुल चाहरले १२–१२ रन बनाए ।
चेन्नईका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १–१ विकेट लिए ।
पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको थियो । पन्जाबले अव शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ । चेन्नईको लगातार तेस्रो हार हो ।
पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग समान ६-६ विकेटले पराजित भएको थियो । अव शनिबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]