default_image

2 years ago

April 4, 2022

नेपाल त्रिकोणात्मक टि२० च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल […]

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई मिड विकेटमा ८ रनमा क्याच गराए ।

पाँचौं ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान असाद भालालाई तेस्रो बलमा ८ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा ठूलो सट खेलेका टोनी उरा रोहित पौडेलले लङअनमा क्याच गराउँदै जितको सम्भावना बलियो बनाए । दीपेन्द्रको बलमै चाल्र्स अमिनी ठूलो सट खेल्दै लङअनम सोमपाल कामीबाट १५ रनमा क्याच गराएपछि पीएनजी दबाबमा परेको थियो । राइली हेकुरे ६ रनमा क्याच भए ।

सन्दीपले १३ औं ओभरमा दुई विकेट लिँदै नेपालको जित सहज बनाए । तेस्रो बलमा हेकुरेलाई सोमपाल कामीबाट म्याच गराए । लगत्तै अर्को बलमा पीएनजीका प्रमुख हिटर नोर्मन भानुआलाई फस्ट स्लिपमा आरिफ शेखबााट गोल्डेन डक आउट गरेपछि जित नजिक पुगेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।

दीपेन्द्र नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि पीएनजीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

कुशल भुर्तेल तीव्र गतिका बलर काबुआ मोरेआको बलमा स्क्वायर लेगमा लेगा सियाकाबाट २५ रनमा क्याच भए । रोहित पौडेल छैटौं ओभरको पाँचौं बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा स्क्वायर लेगमा राइली हेकुरेबाट २ रनमा क्याच आउट भए ।

नेपालले १२ औं ओभरमा तीन विकेट गुमाएपछि विशाल योगफलको सम्भावना टाढिएको थियो । १२ औं ओभरमा बायाँ हाते तीव्र गतिका बलर सेमो कमियाले तीन विकेट लिएपछि नेपाल संकटमा परेको थियो । पहिलो बलमा आसिफ शेख २९ रनमा क्याच भए । उनले २९ बलमा १ छक्का प्रहार गरे ।

तेस्रो बलमा आरिफ शेख पनि शून्यमा । विकेट किपर दीलिप नाथ पनि शून्यमा बोल्ड भए । आदिल अन्सारी १३ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । करण र दीपेन्द्रले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । पीएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए ।

नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भन पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

May 2, 2024

नेपालले टस हार्यो, पहिला बलिङ गर्दै 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग […]

Success

Thank you for your time.