default_image

2 years ago

April 4, 2022

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि२० आई सिरिजको प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट खेलाडी) चुनिएका छन् । नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन दीपेन्द्रले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले फाइनलमा पीएनजीलाई ५० रनले हराउँदै च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन दीपेन्द्रले फाइनलमा […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि२० आई सिरिजको प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट खेलाडी) चुनिएका छन् ।

नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन दीपेन्द्रले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले फाइनलमा पीएनजीलाई ५० रनले हराउँदै च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन दीपेन्द्रले फाइनलमा ३८ बलमा ५ चौकासहित ५४ रनको अविजित इनिङ खेलेका थिए । बलिङतर्फ ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए ।

दीपेन्द्र सिरिजमा ५ खेलमा १ शतक र २ अर्धशतक सहित कुल २ सय ५५ रनका साथ शीर्ष स्थानमा थिए । दीपेन्द्रले बलिङमा भने ५ खेलमा ७ विकेट लिएका थिए । दीपेन्द्रले पहिलो खेलमा पीएनजीसँग ४ रनमै आउट भएका थिए । दोस्रो खेलमा २१ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।

तेस्रो खेलमा पीएनजीविरुद्ध दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्कासहित ६६ रनको इनिङ खेलेका थिए । मलेसियासँग दीपेन्द्रले ५७ बलमा १० चौका र ६ चौकासहित १ सय १० रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । जुन नेपालबाट टि२० आईमा एक खेलमा एक खेलाडीले बनएको सर्वाधिक रन हो । उक्त खेलमा दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए ।

टि२० आई त्रिकोणात्मक सिरिजको प्लेयर अफ द सिरिज वापत दीपेन्द्रले ५ सय अमेरिकी डलर (६१ हजार १ सय नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् । खेलको प्लेयर अफ द म्याचले पनि बनेका दीपेन्द्रले १ सय अमेरिकी डलर (१२ हजार २ सय नेपाली रुपैयाँ) पाएका छन् ।

करण केसी प्रतियोगिता उत्कृष्ट बलर चुनिएका छन् । करणले ५ खेलमा १६.४ ओभर बलिङ गर्दै १३ विकेट लिएका थिए । करणले पीएनजीसँग पहिलो खेलमा १४ रन बनाउनुको साथै ३ विकेट लिएका थिए । मलेसियासँग पहिलो खेलमा २ विकेट लिएका थिए ।

पीएनजीसँग करणले ह्याट्रिक सहित पाँच विकेट लिएका थिए । करण टि२० आईमा ह्याट्रिक र ५ विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । फाइनलमा करणल ३ विकेट लिएका थिए । टोनी उराले ५ खेलमा १ सय ९० रन बनाउँदै प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए ।

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । करणले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।

दीपेन्द्र नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि पीएनजीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

पीएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए । नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भन पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.