default_image

2 years ago

April 4, 2022

नेपालले जिम्बावे ए सँग सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग एकदिवसिय र टि२० सिरिज खेल्न जिम्बावे ए टोली नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार जिम्बावेको ए टोली नेपालसँग तीन एकदिवसिय र तीन टि२० खेल खेल्न नेपाल आउन लागेको हो । जिम्बावेको ए टोली आउने हुँदा ओडिआई मान्यता […]

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग एकदिवसिय र टि२० सिरिज खेल्न जिम्बावे ए टोली नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार जिम्बावेको ए टोली नेपालसँग तीन एकदिवसिय र तीन टि२० खेल खेल्न नेपाल आउन लागेको हो ।

जिम्बावेको ए टोली आउने हुँदा ओडिआई मान्यता र टि२० आई मान्यता खेल भने हुने छैन । खेल लिष्ट ए र टि२० मान्यता हुनेछ । जिम्बावे सिनियर टोलीबाटै खेलि रहेका आफ्नो पहिलो रोजाईको बलियो टोलीनै पठाउने क्यानले जनाएको छ । टोली पहिलो रोजाईको आएपनि जिम्बावे ए नाम रहने प्रशान्त बताउँछन् ।

प्रशान्तका अनुसार उक्त सिरिज अप्रिल मे मा हुनेछ । सिरिज अप्रिल अन्तिम देखि सुरु हुनेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । अमेरिका लगत्तै नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमण गर्नेछ । उक्त महत्वपूर्ण सिरिज अघि नेपालले तयारीको लागि बलियो टोली जिम्बावे ए सँग खेल्ने भएको हो ।


नेपालले सोमबार मात्र त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । घरेलु मैदान टियुमा नेपालले पपुवा न्युगिनीसँगको फाइनलमा ५० रनको जित निकाल्दै च्याम्पियन बनेको हो । नेपालले लिगमा मलेसिया र पीएनजी दुबैलाई हराउँदै अपराजित रहँदै फाइनलमा पुगेको थियो ।
विश्वकप लिग–२ मा नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा छ ।

ओमान २८ खेलमा १७ मा जित र ९ हार सहित शीर्ष स्थानमा छ । ७ टोली सहभागी यस विश्वकप लिग–२ का शीर्ष तीन टोली सोझैं आगमी वर्ष एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्ले अफ खेल्नेछन् ।

विश्वकप लिग-२ बारे स्पष्ट जानकारी

विश्वकप लिग २ आइसिसी एकदिवसिय विश्वकप २०२३ मा हुने विश्वकप छनोट यात्रा हो । नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् ।

जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । प्ले अफमा च्यालेन्ज ए र बी बाट आउने शीर्ष दुई टोली गरि ६ टोलीबीच प्रतिस्पर्धा गर्ने छन् । प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउने छन् ।

ग्लोबल छनोटमा १० टोली हुने छन् । आइसिसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भई सकेको छ । सुपर लिग पछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउने छन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्ने छन् ।

सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग-२ का शीर्ष तीन टोली र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.