4 years ago
April 4, 2022
एजेन्सी – कप्तान लोकेश राहुल र अलराउन्डर दीपक हुडाको अर्धशतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई १ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्र्पोट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । लोकेश राहुल ५० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ६८ रन बनाए ।
मध्यक्रमका दीपक हुडाले ३३ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन जोडे । ओपनर क्विन्टन डि कक र एविन एविसलाई स्पिनर वासिन्टन सुन्दरले १–१ रनमा आउट गरेका थिए । मनिष पान्ड्या पनि १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए ।
खराब सुरुवात गरेको लखनऊलाई चौथो विकेटको लागि हुडा र राहुलले ८७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । आयुष बदोनी १९, क्रुनाल पान्ड्याले ६ र जेसन होल्डरले ८ रन बनाए ।
हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । रोमारियो शेफर्डले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]