default_image

9 years ago

December 5, 2016

महिला टोलीका प्रशिक्षक बस्न्यातले माफी मागे

189 views

0 Bookmark

दिपेश तिमल्सिना (काठमाडौं) – एसिसी महिला एसिया कप टि ट्वान्टीको खराब प्रदर्शनप्रति प्रशिक्षक राजु बस्न्यातले क्रिकेट समर्थकसँग माफी मागेका छन् ।

raju-basnet

थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगितामा भाग लिएर सोमबार राती स्वदेश टोलीसँग फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक बस्नेतले भने, हामीले एकमदै खराब क्रिकेट खेल्यौं ।’ उनले खेलाडीमा परिवर्तन आवश्यक रहेको पनि औल्याए । ‘नेपाली टोलीमा परिवर्तन आवश्यक छ । बढी उमेर भएका र अनफिट खेलाडीलाई हटाएर नयाँ खेलाडी ल्याउनुपर्छ ,’ उनले थपे, ‘ल्याउने मात्र होइन, योजनासहित ल्याएर बढी भन्दा बढी घरेलु प्रतियोगिता खेलाएर योजनाबद्ध ढंगले अघि बढ्न सक्यौं भने नेपालको महिला टोलीले राम्रो गर्न सक्छ ।’ नेपालले प्रतियोगिताको सबै पाँच खेल हारेको थियो भने भारतसंग जम्मा २१ रन जोड्न सफल भएको थियो।

प्रशिक्षक बस्न्यातले निर्मला शाही नहुँदा पनि टोलीमा घाटा परेको स्वीकारे । चोटका कारण उनी टोलीमा नपरेको बताइएको थियो । विश्व कपको एसिया छनोटमा निर्मलाको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोली दोस्रो भएर फकेृको थियो । उनले टोलीले खराब खेलेको बारम्बार दोहोराए । ‘समग्रमा हामीले प्रतियोगितिा खराब खेल्यौं । टेस्ट राष्ट्र हामी भन्दा माथि थियो,’ उनले थपे,‘ तर हामीले क्षमताको ३० प्रतिशत पनि खेल्न सकेनौं । अहिले पनि भन्छु थाइल्यान्डलाई हामी हराउन सक्छौं । बलिङ , फिल्डिङ राम्रो भएको थियो । ब्याटिङ कहिले पनि चलेन । ओपनिङ पार्टरसिप १९ रनको हुँदा पनि हामी २३ रनमा अलआउट भयौं ।’

उनले खेलाडीले जिम्मवार भएर खेल्न नसकेको पनि बताए । उनले भने, ‘ जिम्मेवारी लिएर खेल्नु पर्ने खेलाडीले पनि खेल्न सकेनन् । क्षमता छ, तर त्यसलाई कसरी प्रस्फुटन गर्ने भन्ने उनीहरुलाई आडिया छैन । बढी भन्दा बढी घरेलु मैदानमा खेलेर अनुभव बटुले भने राम्रो हुन्छ । त्यो नहुटा घाटा भयो । ’ प्रतियोगिता अघि १० दिनको अभ्यास पर्याप्त रहेको उल्लेख गर्दै बस्न्यातले भने,‘ अभ्यास नुपेको होइन । ठूलो नाम, टेस्ट नेसनसँग खेल्दा दबाब थियो । दबाब रहेर बढी खेल्यौं । जिम्मेवारी नलिएको जस्तो देखियो ।’ उनले टोली कुनै समस्या नरहेको पनि बताए । ‘ड्रेसिङमा केही समस्या थिएन । राम्रो खेल्यो, नराम्रो खेल्यो । कोही पनि खराब खेल्छु भनेर क्रिजमा जादैन । अरु समस्या केही थिइन । अन द फिल्ड, अफ द फिल्ड सबै ठिक थियो ।’

भारत र पाकिस्तान नेपाल भन्दा माथि भएपनि श्रीलंका र बंगलादेशसँग सक्ने विश्वासका सात थाइल्यान्ड पुगेपनि सफल नभएको उनको भनाई थियो । उनले भने ‘ हराउन सक्छौं, हराउने क्षमता राख्छौं भन्ने हो । त्यसैका आधारमा मैले जानुअघि बंगलादेश र श्रीलंकालाई हराउन सक्छौं भनेको हु ।’ उनले कुनै पनि प्रशिक्षकलाई लामो समयका लागि मौका दिनुपर्नेमा जोड दिए । ‘क्यापभन्दा अगाडीमात्र प्रशिक्षक तोकिन्छ । प्रशिक्षकले डेढ दुई बर्ष हेर्न पायौ भने त्यहि अनुसारको योजना बनाउन पाउछ, खेलाडी खोज्न सक्छ । अर्पझट टिम जिम्मा दिदा नतिजा आउन गाह्रो हुन्छ ।’

 

अन्तर्वार्ताको भिडियो हेर्नुहोस:

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.