4 years ago
April 5, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । जारी आइपिएलमा यो राजस्थानको पहिलो हार हो ।

१ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले २३ बलमा ७ चौका र १ छक्कासहित ४४ रनमा अविजित रहे । हर्षल पटेल ९ रनमा अविजित रहे । पटेलले स्पिनर यशस्वी जैसवाललाई छक्का प्रहार गर्दै खेल सकाए ।
बेंगलोरलाई ओपनर तथा कप्तान फाफ डु प्लेसिस र अनुज रावतले ७ ओभरमा ५५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर युजभेन्द्र चहलले डु प्लेसिसलाई ट्रेन्ट बोल्टबाट २९ रनमा क्याच गराए । उनले २० बलमा ५ चौका प्रहार गरे । अर्को ओभरमा रावत २५ बलमा ४ चौकासहित २६ रनमा क्याच आउट भए ।

विराट कोहली ५ रनमा रन आउट भए । डेविड विल्लीलाई शून्यमा बोल्ड गर्दै चहलले ६२–४ को अवस्थामा पुर्याएका थिए । शेर्फान रदरफोर्ड ५ रनमा क्याच हुँदा बेंगलोर १२.३ ओभरमा ८७–५को अवस्थामा पुगेको थियो । छैटौ विकेटका लागि शहबाज अहमद र दीनेश कार्तिकले ३३ बलमा ६७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । अहमद बोल्टको बलमा बोल्ड हुनुअघि २६ बलमा ४ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए ।
राजस्थानका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । नवदीप सैनले १ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । राजस्थानका जस बटलर ४७ बलमा ६ छक्कासहित सर्वाधिक ७० रनमा अविजित रहे ।
शिम्रन हेटमायर ३१ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । चौथो विकेटका लागि बटलर र हेटमायरले ५१ बलमा ८३ रनको साझेदारी गरेका थिए । राजस्थानले अन्तिम १२ बलमा ५ छक्का र १ चौकासहित कुल ४२ रन जोडेको थियो ।

बटलरले यसअघिको खेलमा मुम्बई इन्डियन्सविरुद्ध ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । तीव्र गतिका बलर डेविड विल्लीले ओपनर यशस्वी जैसवाललाई ४ रनमा बोल्ड आउट गरेका थिए । युवा ब्याटर देवदत्त पाडिक्कल २९ बलमा २ चौका र २ छक्कासहित ३७ रनमा क्याच भए ।
दोस्रो विकेटका लागि बटलर र पाडिक्कलले ७० रनको साझेदारी गरेका थिए । कप्तान सन्जु स्यामसन ८ बलमा १ छक्कासहित ८ रनमा आउट भए । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।
राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रन र दोस्रो खेलमा मुम्बई इन्डिन्सलाई २३ रनले हराएको थियो । अव आइतबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । बेंगलोर पहिलो खेलमा पन्जाबसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको थियो । अव शनिबार मुम्बईसँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]