default_image

4 years ago

April 6, 2022

आइपिएलमा रसेल र बुमराह सम्मिलित टोलीबीच प्रतिस्पर्धा हुँदै

205 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज कोलकाता नाइट राइडसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई यस सिजनमा पहिलो जित निकाल्ने सोचमा हुनेछ । मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेट र दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रनले पराजित भएको थियो । श्रेयस ऐरको कप्तानीमा रहेको कोलकाता भने तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिने सोचमा हुनेछ ।

कोलकाताले चेन्नई सुपर किंग्स र पन्जाब किंग्सलाई समान ६ विकेटले हराएको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग ३ विकेटले पराजित भएको थियो । आज मुम्बईका प्रमुख ब्याटर सूर्य कुमार टोलीमा फर्किने सम्भावना छ । सूर्य टोलीमा फर्किदा ब्याटिङ मजबुत हुनेछ । ओपनर ईशान किशन भने राम्रो लयमा छन् । रोहितलाई ठूलो इनिङ खेल्न अवश्यक देखिन्छ ।

पछिल्लो खेलमा राजस्थानविरुद्ध युव ब्याटर तिलक बर्माले ३३ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनको इनिङ खेलेका थिए । तिलकबाट मध्यक्रममा त्यस्तै प्रदर्शन चाहन्छ । आक्रामक ब्याटर काइरन पोलार्ड आफ्नो शैलीको विष्फोटक खेल खेल्न सकेका छैनन् । उनी लयमा फर्किएको खण्डमा भने मुम्बईको जित सहज हुनसक्छ ।

दिल्लीसँग १२ र राजस्थानसँग १ रनमा आउट भएक टिम डेविडको स्थानमा मुम्बईले आजको खेलमा डेवाल्ड ब्रेभिस वा फबिएन एलेन मध्य एकलाई मौका दिनसक्छ । ब्रेभिस यू१९ विश्वकपका सुपर स्टार हुन् । एलन वेस्टइन्डिजका स्पिन अलराउन्डर हुन् ।

यस सिजनमा मुम्बईको बलिङ आक्रामण तुलनात्मक रुपमा कमजोर छ । तीव्र गतिका बलर जस्प्रित बुमराह टोलीका मुख्य हतियार हुन् । तर उनलाई अन्य बलरले राम्रो साथ दिन आवश्यक देखिन्छ । स्पिन आक्रामण कमजोर हुँदा टिम डेविडको स्थानमा फबिएन एलेनको सम्भावना छ ।

यता कोलकाता जितमा तीव्र गतिका बलर उमेश यादवले उत्कृष्ट प्रदर्शन गरेका थिए । कोलकाताको दुबै जितमा उमेश प्लेयर अफ द म्याच चुनिएका थिए । उनले नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा पन्जाबसँग ४, बेंगलोर र दिल्लीसँग २–२ विकेट लिएका थिए । आजको खेलमा तीव्र गतिका बलर प्याट कमिन्स उपलब्ध हुने सम्भावना छ । कमिन्सले टिम साउथीको स्थान लिनसक्छन् ।

पछिल्लो खेलमा कोलकातालाई सहज जित दिलाउन आन्द्रे रसेलले पन्जाबविरुद्ध ३१ बलमा २ चौका र ८ छक्कासहित ७० रनको विष्फोटक इनिङ खेलेका थिए । रसेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । तर मुम्बईको डेथ ओभरको बलरमा जस्प्रित बुमराह छन् । बुमराह योर्कर र उत्कृष्ट बलिङका लागि माहिर बलर हुन् ।

विश्वका एक उत्कृष्ट र्योकर स्पेलिष्ट बुमराह र विष्फोटक ब्याटर आन्द्रे रसेलबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । छक्काको वर्षा वा योर्करको शिकार हुने कौतहलता हुनेछ । कोलकाताले चार विदेशी खेलाडीको रुपमा आन्द्रे रसेल, सुनिल नारायण, प्याट कमिन्स र साम बिलिंग्सलाई खेलाउने सम्भावना छ । मुम्बईले फबिएन एलेन, टाइमल मिल्स, काइरन पोलार्ड र ड्यानिल साम्सलालाई खेलाउने सम्भावना छ ।

हेड टु हेड :

आइपिएलमा यी दुई टोलीबीच कुल २९ खेल भएको छ । मुम्बई २२ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । पछिल्ला पाँच मध्य चार खेलमा मुम्बई विजयी भएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.