9 years ago
December 6, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – केहि महिनाअघि राजधानीको टि.यु. क्रिकेट मैदानमा एभरेष्ट प्रिमिएर लिग (इ.पी.एल) आयोजना भएको थियो।

पन्चकन्या तेजका लागी खेल्दै आसिफ शेख
पन्चकन्या तेजलाइ उपाधि जिताउन उक्त प्रतियोगिताको फाइनलमा शतक प्रहार गर्दै म्यान अफ द म्याचको उपाधि जितेका आशिफ शेख अहिले राष्ट्रिय यु-१९ टोलीको अन्तिम टोलीमा छानिएका छन्। प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा देखिएका शेख, आफ्नो सहोदर दाइ आरिफ शेखको पथमा हिंडेका छन्। इपिएलका छ खेलमा २२० रन बनाउंदै सबैभन्दा धेरै रन बटुलेका आशिफले फाइनलमा अविजित १११ प्रहार गर्दै निकै वाहवाहि पाएका थिए।
आशिफसंगै अर्का क्रिकेटर दिपेन्द्र सिंह ऐरीको लागि पनि एपिएल फलदायी रह्यो। पन्चकन्या तेजको लागि छ खेल खेलेका एरिले आठ विकेट लिनका साथै ३१.५को औसतमा ६३ रन जोडे।
जगदम्बा राइनोजबाट शक्ति गौचनसंगै स्पिन बलिङ गरेका पवन सर्राफ पनि टोलीमा समावेश गरिएका छन्। शर्राफले प्रतियोगितामा पांच विकेट लिएका थिए भने उनको इकोनोमी छ रन प्रति ओभरको थियो।
यस्तै कान्तिपुर गुर्खाजको लागि चार खेलमा १४को औसतले ४२ रन जोडेका अनिल कुमार साह पनि टोलीमा परेका छन्। सगरमाथा लेजेन्ड्सबाट चार खेलमा ३१ रन जोडेका सन्दिप सुनारपनि टोलीमा अटाएका छन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]