default_image

4 years ago

April 6, 2022

आइपिएलमा बेबी एविको डेब्यू

153 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिसले (बेबी एबी) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सविरुद्ध डेब्यू गरेका छन् । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा कोलकाताका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

मुम्बईले टोलीमा दुई परिवर्तन गरेको छ । अनमोलप्रितसिंहको स्थानमा सूर्य कुमार यादव र टिम डेविडको स्थानमा डेवाल्ड ब्रेभिसलाई मैदान उतारेको छ । कोलकाताले पनि टोलीमा दुई परिवर्तन गरेको छ । टिम साउथीको स्थानमा प्याट कमिन्स र शिवम माभीको स्थानमा राशिख ईस्लामलाई मौका दिएको छ ।

मेगा अक्सनमा मुम्बईले ब्रेभिसलाई तीन करोड भारुमा अनुबन्ध गरेको थियो । अक्सनमा न्यूनतम मूल्य २० लाख रोखका ब्रेभिसलाई किन्न चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो । अन्तिममा मुम्बईल ३ करोड भारुमा किनेको थियो ।

दुई महिना अघि वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका थिए । दक्षिण अफ्रिका क्वाटरफाइनलबाट बाहिरिएपनि ब्रेभिसले पूर्व दक्षिण अफ्रिकी ब्याटर एवी डेभिलियर्सको शैलीमा ब्याटिङ गर्दै दुई शतकका साथ कीर्तिमानी रन बनाएका थिए ।

ब्रेभिस प्रतियोगितामा ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल ५ सय ६ रनका साथ शीर्षस्थानमा थिए । ब्रेभिस एकै यू१९ विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले भारतीय ब्याटर शिखर धवनले २००४ को यू–१९ विश्वकपमा तीन शतकसहित बनाएको ५ सय ५ रनको कीर्तिमान तोडेका हुन् ।

ब्रेभिसले बंगलादेशविरुद्ध १ सय ३० बलमा ११ चौका र ७ छक्कासहित १ सय ३८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । श्रीलंकासँग भने उनी ६ रनमा आउट भएका थिए । उनी अर्धशतक नबनाई आउट भएको यो मात्र एक खेल हो ।

क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले ८८ बलमा ९ चौका र ४ छक्कासहित ९७ रनको इनिङ खेलेपनि ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । उनले आयरल्यान्डसँग ९६, युगान्डाविरुद्ध १ सय ४ र भारतविरुद्ध ६५ रनको इनिङ खेल्दै उत्कृष्ट ब्याटिङ गरेका थिए ।

एवि डिभिलियर्सको खेल्ने शैली र ब्रेभिसको हाउभाउ सबै एउटै छ । त्यसैले उनलाई बेबी एवि भनिएको हो । यू–१९ विश्वकपमा सानदार प्रदर्शनसँगै उनलाई दक्षिण अफ्रिका भविष्यको रुपमा हेरिएको छ । दिल्लीसँग १२ र राजस्थानसँग १ रनमा आउट भएका टिम डेविडको स्थानमा मुम्बईले आजको खेलमा डेवाल्ड ब्रेभिसलाई डेब्यू दिने निर्णय लिएको हो ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई यस सिजनमा पहिलो जित निकाल्ने सोचमा हुनेछ । मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेट र दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रनले पराजित भएको थियो ।

श्रेयस ऐरको कप्तानीमा रहेको कोलकाता भने तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिने सोचमा हुनेछ । कोलकाताले चेन्नई सुपर किंग्स र पन्जाब किंग्सलाई समान ६ विकेटले हराएको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग ३ विकेटले पराजित भएको थियो ।

ब्रेभिसको क्रिकेट जीवनी : डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.