default_image

3 years ago

April 9, 2022

प्रिन्सको उत्कृष्ट बलिङमा उत्तर प्रदेशको सहज जित

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स शाहीको उत्कृष्ट बलिङमा उत्तर प्रदेश क्लब–११ ले प्रो क्लब च्याम्पियनसिपमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि ८ विकेटको सहज जित हात पारेको छ ।

७८ रनको सामान्य विजयी लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका विवेक सिंह ३३ बलमा ५ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहे ।

कप्तान शुभम चौधरी १५ बलमा ३ चौकासहित १७ रनमा अविजित छन् । राहुल कुमार १५ र नितिन राम १ रनमा आउट भए । मोहम्मद मोसहरार्फ र राज बमले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको ट्यालेन्ट हन्ट १८.२ ओभरमा ७७ रनमा अल आउट भयो । आशिष रत्नम १६ र मोहम्मद उमरले २० रन बनाए ।

अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रिन्स शाहीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । तेजस सिंहले ३.२ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धाहुनेछ ।

December 14, 2024

काठमाडौंले पोखराबाट पायो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको […]

December 14, 2024

हेन्ड्रिक्सको शतकसँगै दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्सको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पनि शुक्रवार पाकिस्तानलाई‌ पराजित गरेको छ। योसँगै दक्षिण अफ्रिकाले अन्तिम खेलअघि नै सिरिज जितेको छ। दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ७ विकेटको जित हात पार्यो । २ सय ७ रनको फराकिलो लक्ष्य १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा […]

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

Success

Thank you for your time.