default_image

3 years ago

April 9, 2022

रोहितको उत्कृष्ट ब्याटिङमा एपिएफलाई मध्यम लक्ष्य

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबलाई १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । आर्मीका रोहित पौडेल ५७ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८० रनमा अविजित रहे । कप्तान विनोद भण्डारी २० बलमा १ चौकासहित १९ रनमा आउट भए ।

ओपनर सन्तोष कार्की ७ र हरि चौहान शून्यमा आउट भएका थिए । सन्तोष नन्दन यादवको बलमा सुमित महर्जनबाट क्याच भए । भीम सार्की २३ बलमा २ चौकासहित २२ रन बनाउँदै क्याच भए । राजेश पुलामी २ र कुशल मल्ल शून्यमा आउट भए ।

एपिएफका स्पिनर भुवन कार्कीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अमर राउटेला र नन्दन यादवको नाममा १–१ विकेट रह्यो ।

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.