default_image

3 years ago

April 9, 2022

चेन्नईमाथि हैदराबादको सानदार जित

152 views

0 Bookmark

एजेन्सी – युवा ओपनर अभिषेक शर्माको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । हैदराबादले पहिलो जित हात पार्दा चार पटकको च्याम्पियन चेन्नई भने लगातार चौथो हार बेहोर्दै खराब सुरुवात गरेको छ ।

१ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा अभिषेक शर्माले ५० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । राहुल त्रिपाठी १५ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । निकोलस पुरन २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे ।

ओपनर केन विलियम्सन र अभिषेकले १२.१ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । विलियम्सन ४० बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले १–१ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । चेन्नईका मोईन अलीले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाए । ओपनर रोविन उथप्पा १५ र ऋतुराज गायकवाड १६ रनमा आउट भएका थिए ।

अम्बाती रायुडू २७ बलमा ४ चौकासहित २७, शिवम दुबे ३, रविन्द्र जडेजा २३ र महेन्द्रसिंह धोनी ३ रनमा आउट भए । हैदराबादका वासिन्टन सुन्दरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, मार्को ज्यानसन र एडेन माक्ररमले १–१ विकेट लिए ।

चेन्नई कोलकाता र लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेट तथा पन्जाबसँग ५४ रनले पराजित भएको थियो । चेन्नईले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । हैदराबाद राजस्थानसँग ६१ रन र लखनऊसँग १२ रनले पराजित भएको थियो । हैदराबादले अव सोमबार गुजरात टाइटन्ससँग खेल्नेछ ।

अंक तालिका

कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ३ खेलमा २ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । ४ खेल खेलेको चेन्नई सुपर किंग्स र ३ खेल खेलेको मुम्बई इन्डियन्स जित बिहीन हुँदै नवौं र दशौं स्थानमा छन् ।

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

December 13, 2024

बसिरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

Success

Thank you for your time.