default_image

2 years ago

April 13, 2022

सरकारले क्रिकेट खेलाडीलाई जनही २ लाख दिने

176 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अघिल्लो साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिजमा विजेता नेपाली खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । नेपालले फाइनलमा पीएनजीलाई ५० रनले हराउँदै उपाधि जितेको थियो ।

नेपालले अपराजित रहँदै उपाधि जितेको थियो । फाइनलमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा १ सय १८ रनले पराजित भएको थियो । लिगमा नेपालले पीएनजीलाई पहिलो टि२० आई खेलमा १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराएको थियो ।

नेपालले गत वर्ष वैशाखमा घरेलु मैदान टियु मै मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको थियो । सरकारले पुरस्कार भने दिएको थिएन । त्यसै समयमा थ्रि नेशन फुटबल टोलीलाई भने सरकारले जनही पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । त्यसैले सरकारको केहि आलोचना पनि भएको थियो ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.