default_image

9 years ago

December 7, 2016

महिला क्रिकेट खेलाडीलाई नगद पुरस्कार

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एसिया कपमा खराब प्रदर्शन गर्दै फर्केको दुई दिनपछि बुधबार नेपाली टोलीले अघिल्लो सफलताका लागि सरकारबाट नगद पुरस्कार पाएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा दुई महिनाअघि हङकङमा सम्पन्न विश्व कप टि ट्वान्टी एसिया छनोट क्रिकेट प्रतियोगितामा दोश्रो हुने टोलीलाई नगद प्रदान गरियो । भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । प्रतियोगिता हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म भएको थियो । टोलीका १४ खेलाडी, १ प्रशिक्षक र १ फिजियोसहित १६ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कार जनही २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । टोलीमा कप्तान रुविना क्षेत्री, सीता राना मगर (उपकप्तान), नेरी थापा, निरा राजोपाध्याय, करुणा भण्डारी, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सबनम राई, रोशनी बोहरा, सरस्वती चौधरी, रश्मी शर्मा, निर्मला शाही र ज्योति पाण्डे थिए । टोलीको प्रशिक्षक राजु बस्न्यात र फिजियो मनु लु थिए ।

cricket
सिंहदरबारस्थित मन्त्रालयमा मा आयोजित कार्यक्रममा खेलकुद मन्त्री दलजीत विके श्रीपाली र खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले टोलीका सदस्यलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले एसिया कपको प्रदर्शनलाई स्मरण गर्दै हर्दा निराश हुने र जितमा मातिने परिपाटीको अन्त्य हुने पर्नेमा जोडी दिए । उनले भने, ‘हारबाट पाठ सिकेर जितका लागि सोच्नु पर्छ ।’
खेलाडीले अभाव र अप्ठेरोबीच खेल्नु परेकोले राम्रो नतिजा आउन नसकेको उल्लेख गर्दै मन्त्री श्रीपालीले खेलाडीलाई कीर्तिपुरको मैदानमा मात्र सीमित नगर्नेतर्फ आफ्नो ध्यानकर्षण भएको बताए । उनले सातौं राष्ट्रिय खेलकुद अहिलेको एक मात्र अर्जुनदृष्टि भएकोले सरोकारवाला सबैलाई यसैमा केन्द्रित हुन आग्रह गरे ।
सह–सचिव पौडेलले एसिया कपको कमी कमजोरीबाट पाठ सिकेरले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई उत्साहजनक बनाउन खेलाडीले ध्यान दिनु पर्ने बताए । उनले आईसीसीले दिएको समय भित्रै काम सम्पन्न गरी नेपाली क्रिकेटलाई संस्थागत ढंगबाट अगाडि बढाउन प्रतिबद्ध रहेको बताए ।
कप्तान रुविनाले राम्रो नतिजा हासिल गर्न धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन् । प्रशिक्षक बस्न्यातले महिला क्रिकेटलाई माथि उकास्न दीर्घकालीन योजना आवश्यक रहेको जनाउँदै अभ्यास खेलका साथै घरेलु प्रतियोगितामा पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.