4 years ago
April 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग यसै महिना घरेलु मैदानमा खेल्ने तीन एकदिवसिय र तीन टि२० खेलको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले जिम्बावे ए सँग पहिलो एकदिवसिय खेल वैशाख १७ (अप्रिल ३०) मा पहिलो खेल खेल्नेछ ।

तीन एकदिवसिय खेल पछि नेपालले जिम्बावे ए सँग नै टि२० खेल खेल्ने छ । जिम्बावे ए सँगको खेल लिष्ट ए र टि२० मान्यता हुने वा नहुने भने पक्का भएको छैन । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आइसिसीलाई उक्त मान्यता दिन प्रक्रिया अघि बढाउने बताए । जिम्बावेको ए टोलीसँग खेलेको हुँदा लिष्ट ए को मान्यता पाउने वा नपाउने आइसिसीको स्वृकितपछि मात्र थाहा हुनेछ ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । अमेरिका लगत्तै नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमण गर्नेछ । उक्त महत्वपूर्ण सिरिज अघि नेपालले तयारीको लागि जिम्बावे ए सँग खेल्ने भएको हो ।

नेपालले गत हप्ता त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेको छ । घरेलु मैदान टियुमा नेपालले पपुवा न्युगिनीसँगको फाइनलमा ५० रनको जित निकाल्दै च्याम्पियन बनेको थियो । विश्वकप लिग–२ मा नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा छ ।
७ टोली सहभागी यस विश्वकप लिग–२ का शीर्ष तीन टोली सोझैं आगमी वर्ष एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्ले अफ खेल्नेछन् ।
नेपाल र जिम्बावे ए सँगको तालिका
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल
वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]