default_image

2 years ago

April 15, 2022

कुशलको एकै ओभरमा ३१ रन, प्रदीप बल नखेली आउट!

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफ क्लब र उत्तर प्रदेश क्लब–११ ले जितका साथ अन्त्य गरेका छन् । त्रिभुवन आर्मी क्लबका कुशल मल्लले युपीविरुद्ध पाँच वाइड सहित कुल एकै ओभरम ३१ रन बनाए । नेपाल एपिएफ क्लबका कप्तान प्रदीप ऐरी पुश स्पोर्ट्स दिल्लीविरुद्ध एक बल पनि नखेली आउट भए ।

तेस्रो स्थानको लागि भएको खेलमा युपीले आर्मीलाई ३० रनले हरायो । जितका लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको आर्मी १८ ओभरमा १ सय ९ रनमा अल आउट भयो । आर्मीका बायाँ हाते ओपनर कुशल मल्लले १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाए । सन्तोष कार्की १०, भीम सार्की ११, रोहित पौडेल ३, विनोद भण्डारी ९ र सोमपाल कामी १ रनमा आउट भए ।

कुशलले ओपनिङ गर्दै एकै चौथो ओभरमा प्रिन्स शाहीलाई पाँच वाइड सहित कुल ३१ रन बटुलेका थिए । कुशलले पहिलो र दोस्रो बलमा लगातार छक्का प्रहार गरे । त्यसपछि तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरे । प्रिन्सले पाँचौं बल वाइड को रुपमा पाँच रन खर्चिए । अर्को बल डट खादा अन्तिम बलमा छक्का प्रहार गरे ।

युपीका विपिन चन्द्र र तेजास सिंह ३–३ विकेट लिए । दिव्या सिंहले २ विकेट लिए । त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिङ थालेको युपीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । युपीका ओपनर सन्दीप मित्तलले ३७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए । सनि सिंह २६ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ३, साहब आलम र सुशान भारीले २–२ विकेट लिए । पाँचौं स्थानको लागि भएको खेलमा एपिएफले पुश स्पोर्ट्स दिल्लीलाई ६ विकेटले हरायो । ६३ रनको लक्ष्य एपिएफले १२.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका आयुषमान बमले २१, लोकेश बम ६, सन्दीप जोरा १२, सुमित महर्जन ११, अनिन्दो नहारेले २ विकेट लिए ।

कप्तान प्रदीप ऐरी वाइड बलमा स्टम्पिङ आउट भए । पहिलो ओभरको पहिलो बल नै हर्षवर्धन फागेट बल वाइड भएपनि प्रदीप ऐरी विकेटकिपर मृगान पाठकबाट स्टम्पिङ आउट भएपछि बल नै नखेली रोयल डक आउट हुन पुगे। त्यसअघि टस जितेर ब्याटिङ थालेको दिल्ली १७.५ ओभरमा ६२ रनमा अल आउट भयो ।

दिल्लीका ओपनर आदित्य जैन २६ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । एपिएफका भुवन कार्कीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । विपिन खत्रीले २, अमर सिंह राउटेला र नन्दन यादवले १–१ विकेट लिए । फाइनलमा मलेसिया–११ र रुपन्देही–११ बीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको आर्मीलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा मलेसिया सिनियर टोलीलाई रुपन्देहीले ६ विकेटले हराएको थियो ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.