default_image

2 years ago

April 16, 2022

२०७८ मा उत्कृष्ट प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट लागि २०७८ साल मध्यम रह्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो ।

यसबीचमा टोलीले सबैभन्दा ठूलो अवसर अष्ट्रेलियामा हुने टि२० विश्वकपमा सहभागी हुने मौका गुमायो । नेपालले यस वर्ष १८ टि२० आई र १२ ओडिआई खेल खेल्यो । टि२० आईमा १४ मा जित र ४ खेलमा हार बेहोर्यो । ओडिआईमा ६ मा जित र ६ मा हार खानु पर्यो । नेपाल विश्वकपमा पुग्न नसकेपनि वर्षभर नतिजा भने उत्कृष्ट प्रदर्शन गर्यो ।

युवा खेलाडीको उत्कृष्ट प्रदर्शन यस वर्ष नेपाली क्रिकेटको सर्वाधिक सकारात्मक उर्जा रह्यो । विशेष गरि ब्याटिङमा ठूलो आशा पलाएको छ । सबै खेलाडीको प्रदर्शन हेर्दा २०७८ उत्कृष्ट प्रदर्शन गर्ने पाँच नेपाली क्रिकेट खेलाडी यस प्रकार रहे ।


५. कुशल भुर्तेल

ओपनर कुशल भुर्तेलले १२ ओडिआई खेलमा २ अर्धशतक सहित कुल २ सय ४३ रन बनाए । १६ टि२० आई खेलमा १ शतक र ५ अर्धशतक सहित कुल ५ सय ७३ रन बनाए । वैशाखमा त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दै सानदार प्रदर्शन गरे । कुशलले उक्त सिरिजमा ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाए ।

उनी करिअरको सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने विश्व कै पहिलो खेलाडीको कीर्तिमान बनाए । कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सँग ६२ रन, मलेसियासँग ६१ रन, नेदरल्यान्ड्सँग ६२ रन, मलेसियासँग १६ र फाइनलमा नेदरल्यान्ड्सविरुद्ध ७७ रन बनाउँदै प्लेयर अफ द सिरिज चुनिए ।

कुशलले ओमान भ्रमणमा ६ ओडिआई खेलमा १ अर्धशतक सहित कुल १ सय ४४ रन बनाएका थिए । कुशलले अमेरिकासँग ८४ रनको इनिङ खेलेका थिए । विश्वकप छनोटमा कुशलले ६ टि२० खेलमा २ सय २० रन बनाएका थिए । उनले फिलिपिन्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।

युएई भ्रमणमा कुशलले ४ अ‍ेडिआईमा ६७ रन जोडे । पीएनजीसँगको दुई ओडिआई खेलमा ३२ रन मात्र बनाउन सके । त्रिकोणात्मक टि२० आई सिरिजमा ५ खेलमा ७५ रन बनाए ।


४.करण केसी

तीव्र गतिका बलिङ अलराउन्डर करण केसीले यस वर्ष १० टि२० आई र ९ ओडिआई खेल खेले । करणले ओडिआईमा १ सय १५ रन बनाउनुको साथै १४ विकेट लिए । टि२० आईमा ९४ रन बनाउनुको साथै २० विकेट लिए । करणले वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा ५ खेलमा ४६ रन बनाउदा ७ विकेट लिए ।

करणले मलेसियासँग पहिलो खेलमा १३ बलमा ७ छक्कासहित ४५ रनको इनिङ खेलेका थिए । त्यसपछि उनले विश्वकप लिग–२ मा ओमान भ्रमणमा ५ खेलमा ७६ रन बनाउनुको साथै ८ विकेट लिएका थिए । करणले ओमानमै भएको टि२० विश्वकप छनोट ए भने चोटका कारण गुमाउनु पर्यो ।

युएईमा भएको विश्वकप लिग–२ मा करणले ४ खेलमा ३९ रन बनाउनुको साथै ६ विकेट लिए । त्रिकोणात्मक टि२० आई सिरिजमा करणले ५ खेलमा ४८ रन बनाउनुको साथै १३ विकेट लिए । करणले दोस्रो टि२० आई खेलमा पीएनजीविरुद्ध ह्याट्रिक सहित ५ विकेट लिँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बने ।


३. रोहित पौडेल

युवा ब्याटर रोहित पौडेलले १२ ओडिआई र ५ टि२० आई खेल खेले । रोहितले १२ ओडिआई खेलमा १ शतक र ३ अर्धशतक सहित कुल ५ सय ३७ रन बनाए । टि२० आईमा ५ खेलमा १ अर्धशतक सहित १ सय ४० रन बनाए । ओडिआई र टि२० आई दुबैमा रोहितले आफ्नो उत्कृष्ट प्रदर्शन गरे ।

रोहितले ओमान भ्रमणमा गत असोजमा पीएनजीसँग दुई ओडिआई, विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग गरि कुल ६ खेलमा २ सय १७ रन बनाए । रोहितले पीएनजीविरुद्ध दोस्रो ओडिआई खेलमा ८६ रन र अमेरिकासँग ६२ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि युएईमा विश्वकप लिग–२ ४ खेलमा १ अर्धशतक सहित १ सय ५९ रन जोडे । रोहितले पीएनजीविरुद्ध ६० रन जोडेका थिए ।

रोहितले घरेलु मैदान टियुमा पीएनजीसँग दुई ओडिआई सिरिजमा एक शतक सहित १ सय ६१ रन बनाए । रोहितले पीएनजीविरुद्ध पहिलो खेलमा १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको कीर्तिमानी शतक प्रहार गरे । रोहित नेपालबाट अन्तर्राष्ट्रिय खेलमा ब्यक्तिगत एक खेलमा उच्च स्कोर बनाउने खेलाडी हुन् ।

ओडिआई सिरिजमा सानदार प्रदर्शनपछि रोहितलाई नेपालले टि२० आई त्रिकोणात्मक सिरिजमा पीएनजी र मलेसियाविरुद्ध बोलाएको थियो । रोहितले ५ टि२० आई खेलमा १ अर्धशतक सहित १ सय ४० रन बनाउँदा १ विकेट लिए । रोहितले यस वर्ष निरन्तर उच्च प्रदर्शन गर्न सफल भए ।

२. सन्दीप लामिछाने

कप्तान सन्दीप लामिछाने नेपालले यस वर्ष खेलेका सबै अन्तर्राष्ट्रिय खेल खेल्ने एक्लो खेलाडी हुन् । सन्दीपले १२ ओडिआई खेलमा २७ विकेट लिँदा ५८ रन बनाए । १८ टि२० आई खेलमा सन्दीपले ३९ विकेट लिए । सन्दीपले वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा १३ विकेट लिए ।

त्यसपछि ओमान भ्रमणमा ६ ओडिआई खेलमा सन्दीपले १८ विकेट लिए । पिएनजीसँगको दुई ओडिआई खेलमा उनले पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिए । सन्दीपले विश्वकप छनोट मार्फत नेपालको कप्तानी गरेका थिए । चार देश सम्मिलित टि२० आई सिरिजर विश्वकप छनोट गरि कुल ८ खेलमा १५ विकेट लिएका थिए ।

त्यसपछि युएईमा ७ विकेट लिए । पीएनजीसँगको दुई ओडिआई खेलमा २ रन बनाउनुको साथै २४ रन बनाउँदा त्रिकोणात्मक टि२० आई सिरिजमा ११ विकेट लिए ।


१.दीपेन्द्रसिंह ऐरी

यस वर्ष दीपेन्द्रले सानदार अलराउन्ड प्रदर्शन गरे । दीपेन्द्रले १८ टि२० आईमा १ शतक र ५ अर्धशतक सहित कुल ७ सय ३ रन बनाउनुको साथै १५ विकेट लिए । ओडिआईमा दीपेन्द्रले ६ खेलमा १ शतक सहित कुल १ सय ३२ रन बनाउँदा ५ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे ।
वैशाखमा दीपेन्द्रले ५ टि२० आई खेलमा १ अर्धशतक सहित कुल १ सय ४७ रन बनाए ।

विश्वकप लिग–२ मा ओमान भ्रमण गरेपनि चोटका कारण नखेली फर्किएका थिए । टि२० विश्वकप छनोट ए मा दीपेन्द्रले ८ खेलमा २ अर्धशतक सहित ३ सय १ रन बनाउँदा ७ विकेट लिए । दीपेन्द्रले चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्डलाई १ सय २७ रनमा अल आउट गर्न ४ विकेट लिएका थिए ।

विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध ८३ र सिरिजमा ओमानविरुद्ध ७३ रनको इनिङ खेलेका थिए । दीपेन्द्रले घरेलु मैदान टियुमा पीएनजीविरुद्ध दोस्रो अ‍ेडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेले । युएई भ्रमणमा भने दीपेन्द्रले ४ ओडिआईम १२ रन बनाउँदा ३ विकेट लिएका थिए ।

त्रिकोणात्मक टि२० आई सिरिजमा दीपेन्द्रले ५ खेलमा १ शतक र २ अर्धशतक सहित कुल २ सय ५५ रन बनाउँदा ७ विकेट लिए । दीपेन्द्रले मलेसियासँग दोस्रो टि२० आई खेलमा १ सय १० रनको कीर्तिमानी शतक प्रहार गरेका थिए ।


जुन नेपालबाट टि२० आई खेलमा बनेको उच्च प्रदर्शन हो । पीएनजीविरुद्ध लिगको दोस्रो खेलमा ६६ र फाइनलमा ५४ रन जोडेका थिए । फाइनलमा दीपेन्द्रले ४ विकेट लिँदै जित सहज बनाए । दीपेन्द्र सिरिजको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.